मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

तीनवर्षपछि बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

Ujyalosandeshonline 12437+ समाचार ( )
१८ कार्तिक २०८२, मङ्गलबार

गलकोट (बागलुङ) ।  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले  स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ । नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो एक्सरे सेवा थप गरेको छ । 

अस्पताल प्रमुख डा सफल सापकोटाका अनुसार अस्पतालले यस अगाडि प्रयोगशाला र फार्मेसी सेवा प्रदान गर्दै आएको थियो । “बागलुङ नगरपालिकाले एक जना मेडिकल अधिकृत र गण्डकी प्रदेश सरकारबाट एक जना गरी दुईजना मेडिकल अधिकृत कार्यरत छौँ, अस्पतालले अहिले गर्भवतीका लागि भिडियो एक्सरे सेवा र एक्सरे सेवा प्रदान गर्दै आएका छौँ”, डा सापकोटाले भन्नुभयो, “समयमै भवन निर्माण नहुँदा चुनौतीका बीच सेवा विस्तार भइरहेको छ, आधारभूत अस्पतालबाटै दुई जना मेडिकल अधिकृतले सेवा दिनु भनेको राम्रो हो, स्वास्थ्य बीमाको सेवा विस्तारको योजनामा छौँ ।”

हालै एक जना मेडिकल अधिकृत थप गरिएको र एक्सरे उपकरण, रेडियोग्राफरबाट एक्सरे सेवा प्रदान गरिएको बागलुङ –१३ का वडाध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो । नगर अस्पताल निर्माणका लागि स्थानीयको सक्रियतामा नौ रोपनी जग्गा व्यवस्थापन गरेर २०७८ साल असारबाट रु १८ करोड लागतमा भवन निर्माण थालिएको थियो । निर्माण कम्पनीले भवन २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । भवन निर्माणका लागि तेस्रोपटक २०८३ असार १९ गतेसम्म म्याद थप गरिएको छ । समयमै भवन नबन्दा भौतिक संरचनाको भने अभाव खड्किएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार