मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

याडीयाको इपोक स्कुटर सार्वजनिक

Ujyalosandeshonline 12448+ समाचार ( )
२३ माघ २०८१, बुधवार

भैरहवा । इलेक्ट्रीक स्कुटर याडीया कम्पनीको आधिकारिक विक्रेता जगत इ मोटर्स प्रालीले याडीया इपोक स्कुटर सार्वजनिक गरेको छ । 

बुधबार एक औपचरिक कार्यक्रमका विच कम्पनीले भैरहवामा उक्त स्कुटर सार्वजनिक गरेको हो । २ लाख ३५ हजार रुपैयाँ मूल्य रहेको उक्त स्कुटरले अधिकतम १५० किलोमीटर को रेन्ज दिनेछ । आकर्षक, स्टाइलिस, पावरफुल रहेको स्कुटर इपोकमा ३ हजार वाट को टिटीफार मोटर का साथ ७२ भोल्ट / ३८ एच को ग्राफिन ब्याट्रीको प्रयोग गरिएको छ।

थप जेनेरेशन अर्थात् तेस्रो पुस्ताको नयाँ टेक्नोलोजीमा आधारित ब्याट्री ते कम मूल्य मा अधिकतम रेन्ज दिने कम्पनी ले जनाएको छ। जस अनुसार ग्राफिन् ब्याट्री को प्रयोग गरिएको याडीया इपोकले एक पटकको फुल चार्जमा १५० किलोमीटर रेन्ज दिने याडीया का लागि भैरहवा को आधिकारिक बिक्रेता जगत ई मोटर्स प्रालि का प्रवन्ध निर्देशक रिश्चल थापा ले जानकारी दिए ।

प्रति घण्टा ६० किलोमीटर का गतिमा गुडाउन सकिने इपोक ले १५० एनटर्क उत्सर्जन गर्ने क्षमता राख्दछ। जसले सहरी र उकालो यात्रा मा पनि सहज र पिक पावर क्षमता राख्दछ। इपोकलाई १२ डिग्रीको उकालोमा ३० मिनेट सम्म लगातार चलाउन सकिने गरि डिजाइन गरिएको कम्पनीले जनाएको छ। आधुनिक सहरी यात्रुको आवश्यकता पुरा गर्ने डिजाइन गरिएको स्कुटर ले उत्कृष्ट प्रदर्शन, उच्च प्रविधि र आरामदायी अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ। स्कुटर मा ३८० मिमी पेडल स्पेस उपलब्ध छ भने ६३० एमएमको फराकिलो सिट, ३० लिटर स्टोरेज बक्स (डिक्की) उपलब्ध छ।

याडिया इपोकमा एप अनलक, उन्नत सुरक्षा र सहज कनेक्टिभिटी प्रविधि जडान गरिएको छ। आकर्षक ग्रिल आकारका हेडलाइट र कार ग्रेड स्तोभिङफिनिश ले स्कुटर लाई थप प्रीमियम बनाएको छ।

ईस्कुटर को अगाडी र पछाडीको डिस्क ब्रेकहरुले भरपर्दो ब्रेकिङ शक्ति प्रदान गर्ने कम्पनीले जनाएको छ । हाल नेपाली बजारमा याडिया का रुपन्देही जिल्ला मा वुटवल र भैरहवा गरी २ वटा डिलरशिप तथा विक्री केन्द्रहरूमार्फत स्कुटरको बिक्री वितरण भइरहेको छ। थप ग्राहक महानुभाव का सेवा र सुविधा का लागि याडिया स्कुटरको सर्विस सेन्टर सहित दक्ष प्रबिधि का टेक्निसेयन रहेको छ। कम्पनी का थप उत्कृष्ट नयाँ मोडल हरु सन् २०२५ भित्र बजारमा ल्याउने योजना बारेमा कम्पनीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार