मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बाँसबारी, गिरीबन्धु र बालमन्दिरको फाइल खोलिनेछ : मनिष झा

Ujyalosandeshonline 12431+ समाचार ( )
२० जेठ २०८१, आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गिरीबन्धु, बाँसबारी जग्गा सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचार प्रकरणका फाइल खोल्ने बताएको छ ।

आइतबारको प्रतिनिधिसभामा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता तथा सांसद मनिष झाले बालमन्दिर, बाँसबारी र टीकापुर जग्गा प्रकरणलगायतका फाइल पनि खोल्ने बताएका हुन ।

‘बालमन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, भुटानी शरणार्थी, गिरीबन्धु र टेरामक्सलगायत सबैको फाइल हामी खोल्न चाहन्छौं’ उनले भने । विगतमा यि विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको भन्ने जवाफ पाएको दाबी उनले गरे ।

उनले कांग्रेस महामन्त्री गगन कुमार थापालाई राजनीतिमा क्रेडिट, कपीराइट दल वा व्यक्ति विशेषको नहुने जवाफ पनि फर्काए ।

विशेष समयमा बोलेका थापाले आफ्नो दलमाथि सबै राजनीतिक अवस्था र व्यवस्था बिगारेको आरोप लगाउन खोजेको सांकेतिक प्रहार रास्वपामाथि गरेका थिए ।

रास्वपा राजनीतिमा आएको २३ महिना, सदनमा १७ महिना र सरकारमा आएको १२२ दिन भएको गन्ती गर्दै भने, ‘केही दल र दलका अग्रजहरूले तिमीहरूले बिगारेको भन्ने र पन्छिने अवस्था देखिन्छ । आज पनि देखियो ।’

झाले राजनीतिले धेरै ‘कोर्ष’ परिवर्तन गरेको उल्लेख गर्दै अब ‘करिकुलम’ पनि परिवर्तन गर्न जरुरी भएको धारणा राखे

‘कक्षा–५ को किताब पढेर एसईई पास भइँदैन । व्यवस्था परिवर्तन भयो, अवस्था अलिअलि परिवर्तन भयो । सबै परिवर्तन मंैले गर्दा भयो भनेर क्रेडिट लिन सकिन्न । राजनीतिमा दुईवटा कुरा भन्न सकिँदैन, कपीराइट र क्रेडिट’, झाले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार