मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रका दुई स्थानमा हिन्दुधर्मावलम्बी युवाहरूको सक्रियतामा ‘जय श्रीराम चोक’ स्थापना गरिएको छ । यी कार्यक्रमहरूले स्थानीय स्तरमा धार्मिक तथा सामाजिक गतिविधिमा युवाहरूको सक्रियता बढेको देखाएको छ ।
मर्चवारको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ मा अवस्थित दानव र डण्डा नदीको ऐतिहासिक संगम स्थललाई "श्री रामघाट संगम चोक" नामाकरण गरिएको छ । स्थानीय हिन्दुधर्मावलम्बी युवाहरूको भव्य जनसहभागिताका बीच उक्त पवित्र घाटमा ‘जय श्रीराम चोक’ स्थापना गरिएको हो ।
यसैगरी, मर्चवारकै जिगिना चोकमा पनि ‘जय श्रीराम चोक’ राखिएको छ । उक्त चोकको उद्घाटन सम्मरीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु)ले गर्नुभएको हो । कार्यक्रममा स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।