मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

अफ सिजनमै रारा घुम्ने पर्यटकहरुको संख्यामा बृद्धि

Ujyalosandeshonline 11171+ समाचार ( )
८ माघ २०८१, मङ्गलबार

मुगु । चर्चित पर्यटकीय स्थल रारामा पर्यटकको चहलपहल बढेको छ । समुद्री सतहदेखि २९ सय मिटरको रहेको रारा क्षेत्रमा हिउँ परेपछि हिउँ खेल्नेहरुको भीड बढेको हो । दिनको तीन पटक आफ्नो रङ फेरिरहने नेपालको ठूलो अनि सुन्दर महेन्द्र अर्थात रारा ताल किनारमा सेताम्मे हिमपातले पर्यटकलाई लोभ्याएको छ ।

हिउँदे चिसोको समयमा सुनसान हुने रारामा माघ महिनाको पहिलो सातामा परेको    हिमपातपछि मौसममा सुधार आएपछि पर्यटकहरु झुम्किएका हुन् । खुल्ला आकास, निलो रंगमा टल्किरहेको रारा अनि आसपास दुई फिट भन्दा बढी हिउँ जमेकाले पर्यटकलाई रोमान्चक बनाएको छ ।  तालको विभिन्न कोणबाट देखिने हिमालका दृश्य अवलोकनसँगै भिडियो, फोटो खिच्न, टिकटक बनाउन र नाचगान गर्न पर्यटकहरु रारा उक्लिने गरेका छन् ।

‘फिल्म, यूटुवमा सेताम्मे डाँडाकाँडा, हिउँ भएको रारामा भिडियो वा फोटाहरुमा हेरेको थिएँ । जीवनमा पहिलोपटक रारा ताल देख्न पाइयो । साथीहरुसँग रमाउन पाउँदा स्वर्गीय आनन्द भइरहेको छ,’पर्यटक विक्रम यादवले भने । उनले एक हप्तासम्म रारा घुम्नको लागि प्याकेज, सोही अनुसारको संरचनाको विकास गर्न सके स्थानीयले राम्रो आम्दानी लिनसक्ने उनको बुझाइछ ।

चिसोको कारण रारा घुम्ने सिजन नभएपनि हिजोआज हिउँ परेर, आकाश खुल्ला हुँदा पर्यटकहरुको भीड बढेको हो । तर आएका पाउनाहरु रारामा नबसी फर्कने गरेकाले होटल ब्यवसायहरु घाटामा रहेको होटल व्यवसायी कुल बहादुर रोकायाले बताए । 

छायाँनाथ रारा नगरपालिका–८ मा रहेको रारा १ सय ८ वर्ग किलोमिटरमा क्षेत्रफलमा फैलिएको छ । तालको अधिकतम लम्बाई किलोमिटर र चौडाई ३.२ किलोमिटर गहिरो १ सय ६७ मिटर रहेको छ ।

रारा राष्ट्रिय निकुञ्जको १ सय ६ वर्ग किलोमिटर रहेको क्षेत्रफलले राराको सौन्दर्यतालाई जोगाइ राखेको छ । हिउँमा रमाउनको लागि सदरमुकाम गमगढी बजार ,मुर्मा ,तुम, झ्यारी, टोप्ला, पिना, सोरु ,खत्याडमा रहेका दर्जनै स्थानबाट आन्तरिक पर्यटक रारा पुगिरहेका छन् । छिमेकी जिल्ला जुम्ला दाङ्ख, दैलेख, सुनसरीबाट दैनिक ५०–६० जना आन्तरिक पर्यटकहरु रारा पुगिरहेका छन् ।

हिँउ खेल्न धेरै आन्तरिक पर्यटकहरु आउर्ने गरेका छन् । ६ महिलामा घुम्न आउने आन्तरिक तथा बाह्य गरी ५७ सय पर्यटकले रारा घुमेका छन् भने एकसय ३० जना जना पर्यटक रारा पुगेका छन् ।  उक्त अवधीमा १७ लाख ८० हजार राजश्व संकलन भएको रारा राष्ट्रिय निकुन्ज कार्यालयका सुचना अधिकारी धर्मजित सावतले बताए ।

तालको चारैतिर रहेका छाँयानाथ, चंखेली ,मुर्माटप, चुचेमारा, हिमालमा रहेको सेताम्मे हिमालका दृश्यसँगै तालको किनारमा रहेका धुपी, सल्लाका झाडीमा हिउँ सेताम्मे कपास फुलेको जस्तो देखिैदा यहाँको सौन्दर्यता बढेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार