मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

सिद्धार्थनगरको निःशुल्क आँखा शिविरबाट १५३ जना लाभन्वित

Ujyalosandeshonline 12444+ समाचार ( )
२६ जेठ २०८१, शनिबार

भैरहवा । सिद्धार्थनगर नगरपालिकामा निःशुल्क आँखा परिक्षण गरिएको छ । नगरको वडा नम्बर ५ र १३ संयुक्त को आयोजनामा गरिएको शिविरमा १५३ जनाले आँखा परिक्षण गराएका छन् ।

नगरपालिकाको कार्यालय र लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरबीच मोतिबिन्दुको शल्यक्रिया सम्बन्धित सम्झौता बमोजिम वडा नम्बर ५ र १३ ले शनिवार मारवाडी सेवा संघको सभाहलमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरेका थिए । शिविरमा दुवै वडाकावासीहरु लाभान्वित भएका छन् ।

‘आँखा परिक्षण गराएका दुवै वडाका १५३ जना मध्ये ६ जनामा मोतिबिन्दु देखिएको छ’, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले भने, ‘अब ती ६ जना व्यक्तिहरुको लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा निःशुल्क शल्यक्रिया समेत गराउनेछौँ ।’ 

नगरपालिकाको साथै वडा कार्यालयले स्थानीयवासीहरुको स्वास्थ्य तर्फ सचेत रहेको र आवश्यक सबै कार्यहरु गरिरहेको र गर्दै जाने सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङले बताए ।

बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारका लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली लगायतका कारण आँखामा समस्या आउने गरेको छ । मोतिबिन्दुका विरामीका लागि सिद्धार्थनगर नगरपालिकाले आफ्नो नगरवासीका लागि निःशुल्क शल्यक्रियाको व्यवस्थापन गरेको छ । हालसम्म वडा नम्बर २, ४, ५, ६, ७, ८, १०, ११ र १३ मा शिविर सम्पन्न भएको छ । जसमा एक हजार पाँच सय पचास बढी नगरवासीहरु लाभान्वित भएको र जसमध्ये ९६ जनाले निःशुल्क रुपमा मोतिबिन्दुको शल्यक्रिया गराइसकेको लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरका वरिष्ठ नेत्र अधिकृत एवं बाह्य कार्यक्रम संयोजक सञ्जु अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार