मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

बिपी मार्गको अस्थायी मर्मत कार्य तीव्र, रोशीखोला क्षेत्र प्राथमिकतामा

Ujyalosandeshonline 12441+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

रामेछाप । गत असोज महिनामा आएको बाढीले क्षति पु¥याएको बिपी राजमार्ग मर्मतको काम तीव्र गतिमा अघि बढेको छ । वर्षा याममा पनि सडकमा नियमित यातायात सञ्चालन हुनसक्ने गरी अस्थायी रूपमा सडक मर्मतको सुरु भएको हो । अस्थायी सडक पुनर्निर्माणका लागि सडक डिभिजन कार्यालयले आफूसँग भएका औजार उपकरणहरू प्रयोग गरी काम अघि बढाएको छ । 

बाढीले क्षति पु¥याएको रोशीखोला क्षेत्रमा सडक मर्मतको कामलाई तीव्रता दिइएको छ । अहिले सडक डिभिजनका लोडर र डोजर प्रयोग गरी सडक मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय खाल्टेका सूचना अधिकारी इञ्जिनियर सुदर्शन अधिकारीले जानकारी दिए । 

रोशी खोलाको बहावलाई फर्काउने, खोलाको ढुङ्गा र बालुवा निकालेर सडक क्षेत्रलाई अग्लो बनाउने, खोलामा बाँध बाँध्ने, ग्याभिनवाल लगाउने तथा खोला किनारमा अस्थायी तटबन्धन गर्ने काम तीव्र रूपमा भइरहेको उनले बताए । ‘खोलालाई गहि¥याएर पठाउने र सडक उकास्ने काममा हामी लागेका छौँ, वर्षा याममा पनि सडक अवरुद्ध नहुने गरी काम भइरहेको छ’, उनले भने । 

बिपी मार्गको रोशी खोला खण्डमा बाढीले ठुलो क्षति पु¥याएको छ । रोशी किनारको सडकको अधिकांश भाग बाढीले बगाएको छ । अहिले काठमाडौंबाट रामेछाप, सिन्धुली लगायत पूर्व आउने यात्रीहरूले खोला बगरको कच्ची सडकमा निकै कष्टकर र जोखिमपूर्ण यात्रा गरिरहेका छन् । 

बिपी राजमार्गको धुलिखेल नेपालथोक र नेपाथोक खुर्कोट खण्ड अस्थायी रूपमा मर्मतको लागि सरकारले २१ करोड २५ लाख विनियोजन गरेको छ ।

सो बजेटबाट गर्ने कामको डिजाइन भइरहेको र डिजाइन सकिएपछि लागत स्टमेट निकालेर ठेक्का प्रक्रियामा जाने अधिकारीले जानकारी दिए । ‘त्यो ठेक्का प्रक्रियामा जान्छ, अहिले भएको काम सडक विभागको आफ्नै आन्तरिक साधन र स्रोतबाट भइरहेको छ’, उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार