मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

गुरुयोजना पुरा नहुदा कयौ सम्भावनाका ढोकाहरु बन्द भएका छन् : लामिछाने

Ujyalosandeshonline 11564+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले लामो समय सम्म पनि लुम्बिनी विकास गुरुयोजना पुरा नहुदा कयौ सम्भावनाका ढोकाहरु बन्द भएको बताएकाछन् । उनले समयमै गुरुयोजना पुरा नहुदा यस क्षेत्रका हजारौ स्थानियहरु बिस्थापित हुनु परेको बताए । 

राष्ट्रिय गौरवका आयोजनाहरु पुरा गराउने उद्देश्य सहित आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रियब्यापी दबाब अभियानको क्रममा लुम्बिनी आईपुगेका लामिछानेले गुरुयोजना पुरा भएको भए स्थानियहरुलाई यहि रोजगारीको प्रयाप्त अवसरहरु हुने जिकिर गरे । “गुरुयोजना सम्पन्न भएको मात्र छैन, २५ प्रतिशत बाँकी छ भन्ने सुन्दा सुन्दै आम मानिसको काम पाकिसकेको छ, धेरैको उठिबास लागिसकेको छ ।” उनले भने  “अब थप उठिबास नहोस र गुरुयोजना चाडै सम्पन्न होस ।”

उनले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि वाहनामा ढिलाई गर्ने छुट नरहेको बताए । उनले गौतमबुद्धको पवित्र जन्मभूमिको नाममा कसैले बदमासी गर्न नहुने बताउँदै आफुहरुले गुरुयोजना कार्यान्वयनका लागि निरन्तर दवाव दिने र समाधानपत्र सरकारलाई बुझाउने बताए । लामिछानेले लुम्बिनीका बिभिन्न गुम्बाहरुले गुरुयोजना विपरीत आफ्ना देशका नागरिकलाई गरेको बस्ने खाने ब्यवस्थाको कारण यस क्षेत्रको होटल ब्यवसायीहरु धराशायी भएको बताए ।   “गुम्बाहरुका कारण बाहिर खोलेका होटल ब्यवसायहरु ताला लगाएर हिड्ने अवश्थामा छन् । उनले भने “हामीले यहाका स्थानिय ब्यपारीमाथि पाप गरिरहेका छौं ।”

यस्तै भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका कारण पनि अरबौको लगानी जोखिममा रहेको बताए । लामिछानेले सरकारका प्रतिनिधिहरुले नै लगानीको आश देखाएर उनिहरुलाई बिजोक अवश्थामा पारेको आरोप लगाए । 

राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रव्यापी दवाव अभियान अन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि दवाव स्वरुप पैदल यात्रा गरेको थियो । पार्टी सभापती रवि लामिछाने सहित करिव १० किमिको पैदल यात्रा गर्दै लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न दवाव दिएको हो । 

लुम्बिनी गुरुयोजना क्षेत्र उत्तरतर्फको १२ नम्बर गेटबाट निर्माणधिन संरचनाको अवलोकन गर्दै लामिछानेले शान्तिदीप, मायादेवी मन्दिरको दशर्न गर्दै दक्षिणतर्फको ६ नम्बर गेट हुँदै महिलवार चौकसम्म पैदलयात्रा गरेका थिए । 

७ वटै प्रदेशमा रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्ले दबाब अभियानको आयोजना गरिएको र यसलाई चरणवद्ध रुपमा अगाडी बढाउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार