मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

मिडियाकर्मी तथा स्वास्थ्यकर्मीहरुका लागि पैरवी कार्यक्रम

अनिल नेपाली 141+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

अर्घाखाँची । स्वास्थ्य प्रवर्द्धन सेवा सम्बन्धी मिडियाकर्मी तथा स्वास्थ्यकर्मीहरुका लागि पैरवी कार्यक्रम जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीकाे आयोजनामा  सदरमुकाम सन्धिखर्कमा बिहिबार सम्पन्न भएको छ  ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण काेईरालाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे  । कार्यक्रममा मन्तब्य राख्दै काेईरालाले मानिस शारीरिक, मानसिक, भावानात्मक तथा सामाजिक रुपमा स्वस्थ भएमात्र मानिस स्वस्थ हुने बताउदै अहिले सम्म उपचरात्मक सेवालाई जोड दिदै आइएको भएपनि अब भने स्वास्थ्य प्रबर्द्धन सेवालाई प्राथमिकता दिनुपर्ने बताए । उनले अस्वस्थ जीवनशैलीका कारण मानिसहरु नसर्ने रोगको भागिदार भै अकालमा मुत्युवरण गनुपर्ने अवस्था पछिल्लो समय देखा परेकोले यसकाे न्युनिकरण गरि सबैले स्वस्थ समाजको परिकल्पना गनुपर्ने बताए  ।

कार्यक्रममा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगनाथ तिवारीले पछिल्लो समयमा मानिसमा अस्वस्थ जिवनशैलीका कारणले नसर्ने राेगकाे प्रकाेप बढेकाले त्यसलाई न्युनिकण गर्न स्वस्थ रहन नियमित व्यायामसँगै शरीर स्वस्थ राख्न नियमित स्वास्थ्य परीक्षण,शारीरिक सक्रियता बढाउने,पोषणको सही छनोट,सन्तुलित आहारको प्रयोग,भोजनमा अन्नको नियन्त्रण,तनाव व्यवस्थापन लगायतमा ध्यान दिनु पर्ने  बताए ।

कार्यक्रममा पत्रकार महासघका अध्यक्ष गणेश खनाल लगायतले मन्तब्य राखेका थिए । स्वास्थ्य कार्यालय प्रमुख कृष्ण प्रसाद पाेखेलकाे अध्यक्षता जनस्वास्थ्य निरिक्षक गणेशराज पाैडेलकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार