मुख्य समाचार
पहाडी भूभागमा बादल लाग्ने, तराईका केही स्थानमा तातो दिन हुने | स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो | विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन संघीयता सुदृढीकरणमा कोसेढुङ्गाःमुख्यमन्त्री आचार्य | करु सफा गर्दै किसान | लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता | कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता | सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पेस | सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य |

भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ

Ujyalosandeshonline 11546+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको भैरहवास्थित मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ । अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय, भैरहवामा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई घुस रकमसहित पक्राउ गरेको हो । सेवाग्राहीको जग्गा सम्बन्धी काममा 'सर्जमिन मुचुल्का' का लागि सहजीकरण गरिदिने भन्दै उनले घुस माग गरेका थिए ।

विशेष सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई भैरहवा बजारबाटै रंगेहात पक्राउ गरेको स्रोतले जनाएको छ ।अख्तियार स्रोतका अनुसार, पक्राउ परेका मगरको साथबाट घुस बापतको २ लाख रुपैयाँ बरामद गरिएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ । हालैका दिनमा सरकारी कार्यालयहरूमा घुसखोरी बढेको गुनासो आएपछि अख्तियारले आफ्नो सक्रियता बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार