मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

भैरहवामा ‘एक घर एक अनेम संघ’ अभियान जारी

Ujyalosandeshonline 11540+ समाचार ( )
२३ पौष २०८०, सोमबार

भैरहवा । नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल महिला संघ (अनेम संघ) सिद्धार्थनगर (भैरहवा) कमिटिले ‘एक घर एक अनेम संघ’ अभियान जारी राखेको छ ।

संगठनलाई क्रियाशिल र मजबुत बनाउनका लागि अभियान सुरु गरिएको अनेम संघ सिद्धार्थनगरको अध्यक्ष सिर्जना कार्कीले बताइन् । उनका अनुसार अभियान अन्र्तगत विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

सिद्धार्थनगरको १३ वटा वडामा संगठन विस्तार (सदस्यता वितरण), वडा सम्मेलन, रक्तदान कार्यक्रम, स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु भइरहेका छन् ।

‘अहिले हामीले वडाहरुमा संगठन विस्तार (सदस्यता वितरण) र वडा सम्मेलनहरु गरिरहेका छौँ’ अध्यक्ष कार्कीले भनिन्, ‘त्यसपश्चात तालिका अनुसार अन्य कार्यक्रमहरु गर्नेछौँ ।’

संघको सिद्धार्थनगर कमिटि अनुसार नगरको वडा नम्बर १, २ र १२ मा संगठन विस्तारसँगै वडा सम्मेलन सम्पन्न भएको छ । वडा नम्बर १ मा अम्बिका खत्रीको अध्यक्षतामा १५ सदस्यीय, वडा नम्बर २ मा तारा रानाको अध्यक्षतामा १३ सदस्यीय र वडा नम्बर १२ मा शारदा पाण्डेको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन भएको संघको सिद्धार्थनगर सचिव मिना बलालले बताइन् ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख समेत रहेको नेकपा एमाले रुपन्देही सचिवालय सदस्य उमा अधिकारी, नेकपा एमाले रुपन्देही जिल्ला सदस्य सिता काफ्ले, दिलु कुवँर, अनेम संघ रुपन्देही जिल्ला सदस्य लक्ष्मी केसी, निशा भट्टराई, संघको रुपन्देही क्षेत्र नं. ३ को उपाध्यक्ष लक्ष्मी लामिछाने, क्षेत्र नं. ३ को सचिव सिता सुनार, सिद्धार्थनगर इन्चार्ज द्रुपदा पनेरु र सिद्धार्थनगर सचिव मिना बलाल लगायत सहभागितामा अभियान जारी रहेको संघको नगर कमिटिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार