मुख्य समाचार
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने | भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव |
मुख्य समाचार
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने | भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव |


भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

Ujyalosandeshonline 12523+ समाचार ( )
२८ अशोज २०८३, बुधवार

चितवन । भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ । 

यसअघि जडान भएका पुराना काम गर्ने २०४ सिसी क्यामेरालाई समेत यसै प्रणालीअन्तर्गत ल्याउनेगरी जडान भइरहेको छ । यससँगै ६२२ वटा क्यामेरा महानगरभित्र जडान हुने भएका छन् । जिल्ला प्रहरी कार्यालय परिसरमा कन्ट्रोल रुम बनाएर अनुगमनसमेत थालिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सिसी क्यामेरामा रहेर अनुगमनको काम गर्ने नेपाल प्रहरीका १० जनालाई एक साताको तालिमसमेत दिइएको छ । 

भरतपुर महानगरपालिकाले अनुगमनकर्तालाई तालिम समेत प्रदान गरेको छ ।  सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रहरीलाई प्राविधिक क्षमता अभिवृद्धि गरिएको हो ।  एउटै कन्ट्रोल रुममा बसेर महानगरभित्र जडान गरिएका सिसी क्यामेरा अनुगमन गरी ट्राफिक नियम मिच्ने र आपराधिक गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिन सक्नेगरी व्यवस्थापन गरिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पूर्वपश्चिम राजमार्गको टिकौली र नारायणगढ–मुग्लिन सडकखण्डको ओरालोमा स्वचालित नम्बर प्लेट पहिचान प्रणाली र गति मापनसहितको सिसी क्यामेरा राखिएको छ । त्यस्तै मुग्लिन, रामनगर, पुलचोक र रत्ननगरमा अटोमेटिक नम्बर प्लेट रेकर्ड प्रणाली भएको क्यामेरा जडान गरिएको छ । थापाले भन्नुभयो, “जिल्ला प्रहरी र ट्राफिकले एकीकृत कन्ट्रोल रुममार्फत सिसी क्यामेराको अनुगमन गर्नेछन् ।”  यसअघि सिसी क्यामेरा नहुँदा धेरै दुर्घटनाका घटना पहिचानमा कठिन भएको जनाउँदै उहाँले अब यो समस्या नहुने बताउनुभयो । 

महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले समाजमा हुनसक्ने आपराधिक क्रियाकलाप, सवारी दुर्घटनालगायतका शान्ति, सुरक्षा र अमनचयनका लागि महानगरले सिसी क्यामेरा जडानमा सहयोग गरेको बताउनुभयो । यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने, सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्ने, अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा प्रभावकारी भूमिका खेल्ने महानगरको विश्वास छ ।  महानगरपालिकाले समग्र सहरी क्षेत्रलाई लक्षित गरी सिसी क्यामेरा जडान गरिएको जनाएको छ । 

उहाँले भन्नुभयो, “महानगरवासीलाई सुरक्षित बसाइ र अमनचयनका लागि ठूलो खर्च गरेर सिसी क्यामेरा जडान गरिएको हो ।” क्यामेरा जडानपछि उपयोगलाई ध्यानमा दिँदै त्यहाँ रहेर काम गर्ने प्रहरीलाई तालिमसमेत दिइएको अधिकारीले बताउनुभयो ।

भरतपुर महानगरपालिकामा २९ वटा वडा रहेका छन् । एउटा वडामा आवश्यकताअनुसार आठदेखि २० वटासम्म क्यामेरा जडान गरिएको छ । महानगरपालिकाले गत आर्थिक वर्षको बजेटबाट मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ५८ लाख २० हजार ६५९ खर्च गरी क्यामेरा जडान गरेको हो । जडान गरिएका क्यामेरामध्ये आठवटा गति मापन गर्ने र चारवटा स्वचालित नम्बर प्लेट पहिचान गर्ने छन् । त्यस्तै, ३६० डिग्री घुमाउन र जुम गर्न मिल्ने नौवटा छन् । 

गति मापन र नम्बर प्लेट पहिचान गर्ने क्यामेरा भरतपुर महानगरपालिका प्रवेश गर्ने नाकामा राखिएका छन् । मानिसको आवतजावत र भीडभाड बढी हुने मुख्य सहरी क्षेत्रमा जडान गरिएको क्यामेरा प्रभावकारी देखिएको छ । प्रहरीको अध्ययनका आधारमा संवेदनशील क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको हो । साथै, नेपाल टेलिकमको तार प्रयोगका लागि टेलिकमसँग सम्झौता भएको छ । कार्यवहाक प्रमुख अधिकारीका अनुसार नेपाल टेलिकम भरतपुरको जिपिएन नेटवर्क प्रयोग गरेबापत वार्षिक रु ४७ लाख भुक्तानी गर्नेगरी सम्झौता गरिएको हो  ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार