मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

मर्चवारीको १४ औं गाउँसभा सम्पन्न

Ujyalosandeshonline 11564+ समाचार ( )
१४ माघ २०८०, आइतबार
मर्चवार । रुपन्देहीको मर्चवारी गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । गाउँसभामा पालिकाको अर्धवार्षिक प्रगति विवरण प्रस्तुत भएको गाउँपालिकाले जनाएको छ ।

‘स्वास्थ्य, शिक्षा, कृषि, जलस्रोत र पुर्वाधार, सुशासन र गरिबी निवारण समृद्ध आधार’ भन्ने नाराका साथ सञ्चालन भएको गाउँसभामा विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिले हालसम्म भए/गरेका कामको प्रगति प्रतिवेदन प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईले बताए । उनले गाउँसभामा १५ वटा नयाँ एन २०८० कार्यविधि बनाई प्रस्तुत भएको समेत बताए । स्वास्थ, शिक्षा, कृषि, भौतिक पुर्वाधार सम्बन्धि पनि छलफल भएको छ । 

सभामा वडा तथा गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा सन्तोषजनक भए/नभएको बारेमा पनि समीक्षा भएको उनले बताए । सबै पालिकाभित्रका सरकारी कार्यालयमा प्रतिफल आउने गरी कर्मचारीलाई काम गर्न समेत आग्रह गरिएको उनले बताए ।

गाउँपालिकासँग समन्वय गरी गैरसरकारी संस्थाको काम नजिकैबाट निहाल्न समेत सबै वडाका जनप्रतिनिधिलाई आग्रह गरिएको छ । गाउँपालिकामा विभिन्न क्षेत्रमा कार्य गर्दै आएका कर्मचारी, व्यापारी, शिक्षक, प्रहरी तथा विद्यार्थीहरुलाई मूल्यांकन गरी उच्च कार्य प्रवाह गरेवापत प्रशंसापत्र दिएर सम्मान गरिएको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताए ।

मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष आशा सिंह, प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराई, ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक रेशम प्रसाद आचार्य, वडाअध्यक्षहरु, कार्यपालिकाका सदस्य र विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन हरिश्चन्द्र बरईले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार