मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

पारदर्शितामा सरावल अब्बल: सरोकारवालामाझ ८५ प्रतिशत वित्तीय प्रगतिसहितको समीक्षा प्रस्तुत

सितमती हरिजन 24+ समाचार ( )
१८ श्रावण २०८२, शनिबार

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा गर्दै समग्रमा ८४.९४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ । जिल्लाका अन्य स्थानीय तहहरूले आर्थिक वर्ष सकिएपछि समीक्षा गर्ने अभ्यासलाई खासै प्राथमिकता नदिएको बेला सरावलले सरोकारवालाहरूलाई भेला गराई आफ्नो कामको पारदर्शिता देखाएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राका अनुसार, गत वर्ष चालुतर्फ ८९.५ प्रतिशत र पुँजीगततर्फ ७६.४१ प्रतिशत खर्च भएको छ । कुल ५५ करोड ४० लाख बजेटमध्ये ४८ करोड ३९ लाखभन्दा बढी खर्च गर्न पालिका सफल भएको हो, जुन अघिल्लो वर्षभन्दा ३ प्रतिशतले बढी हो । विकास निर्माणतर्फ भने ९३ प्रतिशत भौतिक प्रगति भएको छ ।

त्यस्तै, आन्तरिक राजश्व संकलनतर्फ पनि पालिका लक्ष्यको नजिक पुगेको छ । १ करोड ३८ लाखको लक्ष्यमा ९०.६ प्रतिशत अर्थात् १ करोड २४ लाख २८ हजार रुपैयाँ संकलन भएको छ । गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बजेटको अधिकतम सदुपयोग गर्दै योजना कार्यान्वयनमा जोड दिएको र हरेक वर्ष प्रगति बढ्दै जानु सुखद रहेको बताउनुभयो ।

समीक्षामा सहभागी सरोकारवालाहरूले पालिकाको कामलाई सकारात्मक भन्दै योजनाहरूको गुणस्तरीयतामा ध्यान दिन सुझाव दिएका थिए । यस्तो समीक्षाले जनप्रतिनिधि र कर्मचारीलाई जनताप्रति थप जिम्मेवार बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार