मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ११५ उडान, ६,७७९ यात्रु ओहोरदोहोर

Ujyalosandeshonline 11540+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ६ हजार ७ सय ७९ यात्रुले सेवा लिएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार सन् २०२५ को फेब्रुअरी महिनामा कुल १ सय १५ उडान अवतरण मार्फत ६ हजार ७ सय ७९ यात्रुको आवागमन भएको हो ।

यसमध्ये फ्लाई दुबईबाट २ हजार ४ सय ३, जजिरा एयरवेजबाट ३ हजार २ सय ६५ र थाई एयर एसियाबाट १ हजार ९७ यात्रुको आवागमन भएको छ ।त्यस्तै नेपाल एयरलाइन्सका १ र अन्य १३ चार्टर उडानबाट २ सय ११ जना विदेशी यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन विमान स्थल सँग कन्केट हुँदै उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा यात्रा गर्ने यात्रुको संख्या ४ हजार ४० रहेको छ ।

महाप्रबन्धक तिवारीका अनुसार विमानस्थलमा नोभेम्बर २०२४ बाट उडान भए यता फेब्रअरी महिनामा यात्रुको आगमन अहिले सम्मकै धेरै हो । जनवरी २०२५ मा १ हजार ३ सय ६५, डिसेम्बर २०२४ मा ३ हजार ८ सय ७८ र नोभेम्बर २०२४ मा ४ हजार २ सय ७९ यात्रुको आवागमन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार