मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

Ujyalosandeshonline 12441+ समाचार ( )
१० माघ २०८२, शुक्रबार

दमौली (तनहुँ) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी परेका छन् । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाका १० स्थानीय तहका ७३ उजुरी परेको जनाइएको छ । कार्यालयका अधिकृत उदय पराजुलीका अनुसार शुक्लागण्डकी नगरपालिकाविरुद्ध १६, व्यास नगरपालिकाविरुद्ध १४, भानु नगरपालिकाविरुद्ध १२, देवघाट गाउँपालिकाविरुद्ध ११, आँबुखैरेनी गाउँपालिकाविरुद्ध सात, बन्दीपुर गाउँपालिकाविरुद्ध सात, म्याग्दे गाउँपालिकाविरुद्ध चार, भिमाद नगरपालिकाविरुद्ध एक र घिरिङ गाउँपालिकाविरुद्ध एक उजुरी परेको छ । ऋषिङ गाउँपालिकाविरुद्ध भने उजुरी नपरेको पराजुलीले बताउनुभयो । 

यस्तै जिल्लामा गत आवको जिम्मेवारी सरी आएका २७ वटा मुद्दा रहेको छ । गत आव र चालु आवको गरी एक सय उजुरी रहेकामा ३८ उजुरी फछ्र्योट भएको पराजुलीले जानकारी दिनुभयो । देवघाट गाउँपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको आयोजनामा बिहीबार देवघाट गाउँपालिकामा आयोजित कार्यक्रममा पराजुलीले भ्रष्टाचार र अनियमितताविरुद्ध उजुरी कसरी गर्ने, भ्रष्टाचारको रुप, भ्रष्टाचार कसुर र सजाय (भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३–२३)का बारेमा जानकारी गराउनुभएको थियो । 

कार्यालयका प्रमुख नारायणप्रसाद रेग्मीले आयोगमा उजुरी पर्दैमा डराउनु नपर्ने बताउनुभयो । उजुरी परेपछि त्यससम्बन्धी निष्पक्ष छानबिन हुने र निर्दाेषलाई सफाइ र दोषीलाई कानुनअनुसार कारबाही हुने बताउनुभयो । देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले स्थानीय तहले कुनै पनि काम गर्न लाग्दा अख्तियारमा उजुरी हालेर दुःख दिने गरेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार