मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

कर्तव्य ज्यान मुद्दाका फरार कैदी रुपन्देहीमा पक्राउ

Ujyalosandeshonline 12437+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

भैरहवा ।  गत भदौ २३ गतेदेखि देशभर भएका प्रदर्शन र त्यस क्रममा कारागार कार्यालयहरूमा भएको तोडफोड तथा आगजनीपछि फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार, जगन्नाथदेवल कारागार कार्यालय, काठमाडौंबाट फरार भएका रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ६ निवासी ६५ वर्षीय पुणतबासी लोनियालाई पुनः पक्राउ गरिएको हो ।

लोनिया कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका थिए। इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले गैडहवा गाउँपालिका वडा नं. ६, गुलरियास्थितबाट लोनियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका लोनियालाई आवश्यक प्रक्रिया पुर्याएर कारागार कार्यालय रुपन्देहीमा बुझाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार