हैजा नियन्त्रणका लागि १४४ अस्पतालमा निगरानी

Ujyalosandeshonline 11543+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका १४४ अस्पतालहरुमा उपचाररत झाडापाखलाका बिरामीहरुमा नियमित रुपमा हैजाको निगरानी गरिरहेको जनाएको छ । 

मंगलबार मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको काम र योजना सार्वजनिक गर्दै हैजा प्रभावित क्षेत्रहरूमा नियमित केस अनुसन्धान, बिरामीहरूको सक्रिय खोजी र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेको जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार, जिल्ला र स्थानीय तहमार्फत खानेपानीको गुणस्तर निगरानी सम्बन्धी कार्य प्रभावकारी रूपमा भइरहेको छ । एउटै टोलबाट एक हप्ताभित्रमा पाँच जना भन्दा बढि झाडा पखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्ब र १११५मा सम्पर्क गरी जानकारी गराउन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रालयले केन्द्र, प्रदेश तथा स्थानीय तहमा रहेका खानेपानी गुणस्तर निगरानी समिति लाई सक्रिय बनाई खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्य योजना बनाएको समेत जनाएको छ । 

प्रभावित क्षेत्रमा रोग नियन्त्रण र रोकथामको लागि आवश्यकता अनुसार विज्ञ परिचालन गर्ने, नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको शुदृढिकरणका लागि सरोकारवाला निकायहरु विच एकिकृत समन्वय तथा सहकार्य गर्ने तथा राष्ट्रिय हैजा नियन्त्रण÷रोकथाम योजना २०२४–२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने दमन्त्रालयको योजना छ । 

हैजा नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेका काम र आगामी योजना २०८१ श्रावण २२ गते ( स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका प्रभावित क्षेत्रहरूमा हैजाको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न उपायहरू अपनाउँदै आएको छ।

मन्त्रालयले प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँग सहकार्य र समन्वयमा द्रुत प्रतिकार्य टोली परिचालन गरेको छ। प्रभावित क्षेत्रहरूमा नियमित केस अनुसन्धान, बिरामीहरूको सक्रिय खोजी, र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेको छ। यससँगै, स्वास्थ्य शिक्षाका सामाग्रीहरू तयार पारेर प्रसारण गरिरहेको छ।

हैजाको निगरानीका सन्दर्भमा, देशभरका १४४ अस्पतालहरूमा झाडापखालाका बिरामीहरूको नियमित रूपमा हैजाको निगरानी भइरहेको छ। जिल्ला र स्थानीय तहमार्फत खानेपानीको गुणस्तर निगरानी सम्बन्धी कार्य प्रभावकारी रूपमा भइरहेको छ । साथै, एउटै टोलबाट एक हप्ताभित्रमा ५ जना भन्दा बढि झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्ब र १११५मा सम्पर्क गरी जानकारी गराउने व्यवस्था गरेको छ।

जनचेतना र सरसफाइ सम्बन्धी क्रियाकलापमा, बिरामी देखिएका स्थानहरूमा खानेपानीको नमुना जाँच कार्य गरिरहेको छ। साथै, खानेपानीको शुद्धिकरण तथा व्यक्तिगत सरसफाइ सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयले जानकारी दिएको छ । भ्ल्ँइ, रेडक्रस, वाटरएड र अन्य साझेदारहरूको समन्वयमा पानी शुद्धिकरण र जनचेतनाका कार्यहरू निरन्तर गरिरहेको छ।

सचेतना गतिविधिहरूलाई थप प्रभावकारी बनाउन मन्त्रालयले फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरू मार्फत ध्ब्क्ज् र हैजासँग सम्बन्धित सन्देशहरूको नियमित प्रसारण गरिरहेको छ । काठमाडौँ महानगरपालिका, वडा नम्बर ११, १२, र १३ का निर्वाचित सदस्यहरू, समुदायको विपद् व्यवस्थापन समिति, तथा युवाहरू र महिला समूहहरूलाई हैजा रोकथाम र नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया गतिविधिहरूमा, ध्ब्क्ज् क्लस्टरको बैठक बसी खानेपानी गुणस्तर प्रभावकारी बनाउने कार्य गर्न मन्त्रालयले निर्देशन दिएको छ। साथै, विज्ञ सम्मिलित छलफल बैठक सञ्चालन गरी केस र खानेपानी निगरानी, केस व्यवस्थापन, र रोकथाम तथा नियन्त्रणका क्रियाकलापहरूलाई थप प्रभावकारी बनाउन थप निर्देशन दिएको छ।

गोदावरी नगरपालिकामा, पुनर्स्थापना केन्द्रका सदस्यहरूका लागि ब्लीचिङ पाउडर र ँच्ऋ परीक्षण विधिहरू प्रयोग गरेर १५ क्लोरिन समाधानको तयारीको प्रदर्शन गरेको छ । यसैगरी, आवश्यक घरपरिवारहरूमा पियुष प्लस पनि प्रदान गरेको छ। 

ललितपुर महानगरपालिकामा, हैजाका केसहरू पत्ता लागेपछि समुदायका सदस्यहरूलाई हात सफाई र पानीको गुणस्तर परीक्षणको सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ। टेकु, काठमाडौँ महानगरपालिकामा पनि क्लोरिनेसन र सफाई अभ्यासहरूको बारेमा आवश्यक जानकारी प्रदान गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी योजनामा केन्द्र, प्रदेश तथा स्थानीय तहमा रहेका खानेपानी गुणस्तर निगरानी समितिलाई सक्रिय बनाई खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्य गर्ने निकायहरू सँगको समन्वयमा जोखिम पहिचान तथा रोकथाम सम्बन्धी कार्यहरू अघि बढाउने योजना बनाएको छ।

यससँगै, नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको शुदृढिकरणका लागि सरोकारवाला निकायहरू बीच एकीकृत समन्वय तथा सहकार्य गरिरहेको छ। राष्ट्रिय हैजा नियन्त्रण र रोकथाम योजना २०२४(२०३० पनि बनाई आवश्यक कार्यहरू गरिरहेको छ।

प्रतिकार्यः 

१. प्रभावित प्रदेश, जिल्लारस्थानीयतहसँगकोसहकार्य र समन्वयमा काम भइरहेको। २केन्द्र, प्रदेश तथास्थानीयतहका द्रुत प्रतिकार्य टोली परिचालन भएको। 

३. नियमित केस अनुसन्धान भइरहेको। 

४. प्रभावित क्षेत्रमा थपबिरामीहरूकोसक्रिय खोजी भइरहेको। 

५. केसको प्रत्यक्ष सम्पर्कमा आएकाव्यक्तिहरूमालक्षणको निगरानी भइरहेको। 

६. स्वास्थ्य शिक्षाका सामाग्री तयार गरीप्रसारणगरिएको। 

निगरानी:

१. झाडापखालाकोबिरामीहरूकोअस्पतालहरूमानियमित रुपमा हैजाको निगरानी भइ रहेको (१४४अस्पतालहरूमा)।

२. जिल्ला,स्थानीयतह तहमार्फत खानेपानी गुणस्तर निगरानीसम्बन्धीकार्य भइरहेको, । 

३. एउटै टोलबाट एक हप्ता भित्रमा ५ जना भन्दा बढिझाडापखालाकाबिरामीहरूदेखा परेमाइपिडिमियोलोजीतथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्बर१११५मासम्पर्क गरि जानकारी गराउने व्यवस्था भएको। 

जनचेतना तथासरसफाइसम्बन्धीक्रियाकलाप:

१. बिरामीदेखिएकास्थानहरूमाखानेपानीको नमुना जाँच कार्य भइरहेको। 

२. खानेपानीको शुद्धिकरण तथा व्यक्तिगतसरसफाइसम्बन्धी जनचेतना कार्यक्रमसञ्चालन गरिएको। 

३. प्रभावित स्थानमा वितरण हुने खानेपानीको शुद्धिकरण कार्य भइरहेको। 

४. ENFO,Redcross,Wateraidर अन्य साझेदारको समन्वयमा पानी शुद्धिकरण र जनचेतनाका कार्य भइरहेको। 

सचेतना गतिविधिहरू:

१. फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फतWASHरहैजासँगसम्बन्धित सन्देशहरूको नियमित प्रसारण। 

२. काठमाडौँमहानगरपालिका, वडा नम्बर ११, १२, र १३ का वडाका निर्वाचित सदस्यहरू र समुदायको विपद् व्यवस्थापन समितिका लागि हैजा रोकथाम र नियन्त्रण सम्बन्धी अभिमुखीकरण, जसमा हैजा प्रकोप रोकथाम र व्यवस्थापनमा उनीहरूको योगदानबारे छलफल। 

३. काठमाडौँमहानगरपालिका, वडा नम्बर १२ स्थित श्री सरस्वती निकेतन माध्यमिक विद्यालय र वडा नम्बर १३ स्थित जनप्रभात माध्यमिक विद्यालयका युवाहरूका लागिWASHर हैजा रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण। 

४. काठमाडौँमहानगरपालिका, वडा नम्बर १२ र १३ का युवा क्लबका सदस्यहरू, महिलाका समूहहरू रFCHVहरूकालागिWASHर हैजा रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण। 

५. अभिमुखीकरणको क्रममा हैजा रोकथाम कार्य योजनाहरू तयार गरि अहिले लागू गरिँदैछ, जसमाक्लोरिनसमाधानको तयारी र सामूहिकक्लोरिनेसनविधिहरू समावेश छन्। 

६. अभिमुखीकरणहरूका दौरानWASHरहैजासँगसम्बन्धित पर्चाहरूको वितरण। 

प्रतिक्रिया गतिविधिहरू: 

१. WASHClusterको बैठक बसी खानेपानी गुणस्तर प्रभावकारी बनाउने कार्य गर्न निर्देशन। 

२. विज्ञ सम्मिलित छलफल बैठक संचालन गरी केस र खानेपानी निगरानी, केस व्यवस्थापन र रोकथाम तथा नियन्त्रणका क्रियाकलाप प्रभावकारी बनाउन निर्देशन। 

३. गोदावरी नगरपालिका: गोदावरी नगरपालिका, वडा नं १४ मा पुनर्स्थापना केन्द्रका सदस्यहरूका लागि ब्लीचिङ पाउडर र FRC परीक्षण विधिहरू प्रयोग गरेर १%क्लोरिनसमाधानको तयारीको प्रदर्शन। गोदावरी नगरपालिका, वडा नं १४ मा पुनर्स्थापना केन्द्रका सदस्यहरूलाई ५ लिटर १%क्लोरिनसमाधानको सहयोग।गोदावरी नगरपालिकाका पानी प्रयोगकर्ता र सरसफाइ समितिहरूलाई ब्लीचिङ पाउडर प्रयोग गरेर १%क्लोरिनसमाधानको तयारी, सामूहिक क्लोरीनेसन, र FRC परीक्षण विधिहरू सम्बन्धी अभिमुखीकरण प्रदान गरियो।आवश्यक घरपरिवारहरूमा वितरणको लागि गोदावरी नगरपालिका, वडा नं १४ मा पियुष प्लस प्रदान गरियो।नगरपालिकाबाट खानेपानी सुरक्षा लागु गर्ने, सेफ्टिट्यांक अनुगमन गर्ने र सेफ्टिट्यांक खोलेको रिपोर्ट भए कारवाहि गरिने निर्णय भएको। 

४. ललितपुर महानगरपालिका, वडा नं ८ हैजाका केसहरू पत्ता लागेपछि ललितपुर महानगरपालिका, वडा नं ८, सुबलमा समुदायका सदस्यहरूलाई हात सफाई र पोइन्ट-ऑफ-यूज (PoU) विकल्पहरूको सम्बन्धी अभिमुखीकरण प्रदान गरियो। उही क्षेत्रमा तीन फरक पानी स्रोतहरूको लागि P/A भायलहरू प्रयोग गरेर पानीको गुणस्तर परीक्षण। 

५. टेकु, काठमाडौँमहानगरपालिका : कोलेरा केसहरू पत्ता लागेको ठाउँ, टेकु, काठमाडौँमहानगरपालिका भ्रमण गरियो रक्लोरिनेसनर सफाई अभ्यासहरूको बारेमा जानकारी प्रदान गरियो। 

भावी योजना:

१. केन्द्र प्रदेश तथास्थानीयतहमा रहेका खानेपानि गुणस्तर निगरानी समितिलाई सक्रिय बनाई खाद्ध्य गुणस्तर निगरानी तथा अनुगमन कार्य गर्ने निकायहरुसँगकोसमन्वयमाजोखिम पहिचान तथा रोकथाम सम्बन्धी कार्य गर्ने। 

२. प्रभावित क्षेत्रमा रोग नियन्त्रण र रोकथामको लागि आवश्यकता अनुसार विज्ञ परिचालन। 

३. नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको शुदृढिकरणका लागि सरोकारवाला निकायहरु विच एकिकृत समन्वय तथा सहकार्य। 

४. राष्ट्रिय हैजा नियन्त्रण/रोकथाम योजना २०२४-२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने।




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार