मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

कञ्चनमा पुष्पलाल र विपीको सम्झना, लोकतान्त्रिक आन्दोलनमा योगदानको चर्चा

जगीलाल थापा 30+ समाचार ( )
५ श्रावण २०८२, आइतबार

कञ्चन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद (विपी) कोइरालाको स्मृतिमा रुपन्देहीको कञ्चनमा एक विचार गोष्ठी सम्पन्न भएको छ । कञ्चन बौद्धिक संवाद मञ्चको आयोजनामा शनिबार, श्रेष्ठ र कोइरालाको स्मृति दिवसको पूर्वसन्ध्या मा "नेपालको लोकतान्त्रिक आन्दोलनमा विपी र पुष्पलालको भूमिका" विषयक विचार गोष्ठी आयोजना गरिएको हो।

कार्यक्रममा मुख्य वक्ताहरूले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा दुवै नेताले पुर्याएको अतुलनीय योगदानको चर्चा गरेका थिए। जीवराज आश्रित प्रतिष्ठान रुपन्देहीका अध्यक्ष युवराज घिमिरेले "नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान" विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो। त्यसैगरी, विपी कोइराला प्रतिष्ठान रुपन्देहीका अध्यक्ष सरद भट्टराईले "विपी कोइराला: सङ्घर्ष र ग्रामीण विकासका पर्याय" शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

गोष्ठीमा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले समाजलाई बौद्धिकतातर्फ डोर्याउन यस्ता संवाद र छलफल महत्वपूर्ण हुने बताउनुभयो। उहाँले मञ्चले सञ्चालन गर्ने यस्ता कार्यक्रमले पालिकाको दृष्टिकोणलाई व्यवहारमा उतार्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले अग्रजहरूका योगदान, अनुभव र सिकाइलाई नियमित अन्तरक्रिया र गोष्ठीमार्फत नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले यस्ता कार्यक्रम ले नयाँ पुस्तामा समाज रूपान्तरणप्रति उत्साह थपिने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले कञ्चनलाई वर्तमान अवस्थासम्म ल्याइपुर्याउने विभिन्न व्यक्तित्वहरूको योगदानबारे अध्ययन र छलफल हुनु आवश्यक रहेको बताउनुभयो।

कञ्चन बौद्धिक संवाद मञ्चका अध्यक्ष दिनानाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई रुद्रपुर सामुदायिक वन उपभोक्ता समूह र रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सहयोग गरेका थिए। मञ्चकी सचिव राधिका चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूमाथि तुलसीप्रसाद अधिकारी र बाबुराम पौडेलले टिप्पणी गर्नुभएको थियो भने कार्यपत्र प्रस्तोता घिमिरे र भट्टराईले उठेका जिज्ञासामाथि प्रकाश पार्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार