मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

संगठनको पहलमा भैरहवाका ८ पसलमा ‘दशैं विशेष छुट अफर’

Ujyalosandeshonline 12441+ समाचार ( )
१८ अशोज २०८१, शुक्रबार

भैरहवा । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को पहलमा भैरहवाका ८ वटा पसलमा ‘दशैं विशेष छुट अफर–२०८१’ सेवा उपलब्ध हुने भएको छ । नेपालीहरुको महान पर्व दशैं, तिहार, छठपर्व, नेपाल सम्वतको अवसरमा बिहीबारदेखि यो अफर सुरु भएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए । चाडपर्वहरुलाई लक्षित गर्दै आम उपभोक्तालाई विभिन्न छुट सुविधा उपलब्ध गराउन पसलहरुमा घटस्थापनाको दिन (बिहीबार) ब्यानर टांगिएको श्रेष्ठले जानकारी दिए । 

‘मुलुकको अर्थतन्त्र सकंटमा छ । आम उपभोक्ताको क्रयशक्ति पनि घट्दो अवस्थामा छ । दुई–चारवटा घरमा मात्र दशैं आएर हुँदैन । सबैको घरमा दशैं आउनुपर्छ । उपभोक्ताहरुलाई सुविधा दिने उद्देश्यकासाथ चाडपर्वमा सुपथ मूल्यमा सामान उपलब्ध गराउने प्रयासस्वरुप यो कार्यक्रम सञ्चालन गरिएको हो, ’उनले भने । आम उपभोक्तालाई स्वदेशी बजारमै सामान किन्ने बानीको विकास गर्ने अभियान अन्तर्गत पनि यो अफर सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सचिन रोक्काले विगतका वर्षझैं यस वर्ष पनि चाडपर्वको अवसरमा ८ वटा पसलमा दशै विशेष छुट अफर सुविधा रहेको बताए । 

प्राइम इलेक्ट्रोनिक ट्रेडिङ सेन्टर सिद्धार्थनगर–८ बुद्धचोक, शुभ कामाख्या इन्टरप्राइजेज नारायणपथ, नर्थ टेक्नोलोजी सिद्धार्थनगर–१२, कालिका स्टोर्स दिव्य पथ, गौतम ट्रेड सप्लायर्स बैंकरोड, साहु बस्यालय बैंकरोड, पवि यूनिसेक्स सैलुन एण्ड एकेडेमी तीनतारा पथ र न्यू श्रेष्ठ गिफ्ट सप लेडिज एण्ड बेबी सप मैत्रीपथमा छुट अफर रहेको रोक्काले बताए । 

संगठनका वाणिज्य उपाध्यक्ष राम मिलन यादवले यो अफरले उपभोक्ताले यो अफरले उपभोक्ता लाभान्वित हुने विश्वास व्यक्त गरे । संगठनकी महासचिव लक्ष्मी अधिकारीले यो अफरलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइन् । सो अवसरमा संगठनका अध्यक्ष दर्पण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, वाणिज्य उपाध्यक्ष राम मिलन यादव, महासचिव लक्ष्मी अधिकारी, सचिव एवं प्र्रवक्ता कृष्ण प्रसाद पाण्डे, कार्यसमिति सदस्य गोविन्द सापकोटा जैसी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार