मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

रुपन्देहीको कञ्चनमा पहिलो पटक क्रिकेट लिग शुरु, उद्घाटन खेलमा रेन्वो एकेडेमी विजयी

Ujyalosandeshonline 12441+ समाचार ( )
२६ माघ २०८२, आइतबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा पहिलो पटक आजदेखि क्रिकेट लिग प्रतियोगिता औपचारिक रूपमा शुरु भएको छ। नयाँ पुस्तालाई क्रिकेट खेलप्रति आकर्षित गर्ने तथा स्थानीय स्तरबाटै दक्ष खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्यका साथ शान्ति सिद्धार्थ युवा क्लव, कञ्चन–३ प्रतापपुरको आयोजनामा यो 'लिग कम नकआउट' प्रतियोगिता सञ्चालन गरिएको हो।

प्रतियोगिताको आज सम्पन्न उद्घाटन खेलमा रेन्वो एकेडेमी एजुकेश्नल कन्सल्टेन्सीले विजयी सुरुआत गरेको छ। शिवशक्ती युवा क्लव र रेन्वो एकेडेमीबीच भएको प्रतिस्पर्धामा रेन्वो ७६ रनको फराकिलो अन्तरले विजयी भयो। टस जितेर बलिङ रोजेको शिवशक्तीका बलरहरूसामु रेन्वोले १२५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको शिवशक्ती युवा क्लव भने ४९ रनमै समेटिन पुग्यो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका रेन्वो एकेडेमीका नवराज भण्डारी 'म्यान अफ द म्याच' घोषित भए।

फागुन ४ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा कञ्चन, गैडहवा र सैनामैना क्षेत्रका गरी कुल १४ वटा क्रिकेट टोलीहरूको सहभागिता रहेको छ। कञ्चन–३ स्थित धमिनाताल खेलमैदानमा जारी यस प्रतियोगितालाई कञ्चन–३ हरैयामा सञ्चालित जापानी भाषा शिक्षण संस्था 'रेन्वो एकेडेमी एजुकेश्नल कन्सलटेन्सी'ले मुख्य प्रायोजन गरेको छ।

आयोजक संस्था शान्ति सिद्धार्थ युवा क्लवका अध्यक्ष समिर ढकालले पछिल्लो समय युवाहरूमाझ अत्यधिक लोकप्रिय बनेको क्रिकेट खेललाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्न, प्रवर्द्धन गर्न र खेललाई व्यावसायिक बनाउन टेवा पुर्याउने हेतुले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँ तथा उपविजेताले १५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार