मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

देश माओवादीमय र प्रचण्डमय हुने अवस्था देखिरहेको छु : प्रचण्ड

Ujyalosandeshonline 12441+ समाचार ( )
११ जेठ २०८२, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशका वृद्धवृद्धाहरु, युवायुवतीहरु र बालबालिकाहरु एकचोटि फेरी माओवादीप्रति समर्पित हुने भाव पैदा भएको देखिएको बताएका छन् ।

‘जनतासँग माओवादी–मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्की रानीपौवा,  पोखरामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निकै ठूलो जिम्मेवारी माओवादीको काँधमा र एकचोटि फेरि प्रचण्डको काँधमा नयाँ क्रान्ति एवम अभिभारा दिन नेपाली जनता तयार भएको बताएका हुन् ।

उनले भने,‘यो देशका वृद्धवृद्धाहरु, युवायुवती र बालबालिकाहरु पनि एकचोटि फेरी माओवादीप्रति समर्पित हुने भाव पैदा भएको देखिएको छ  । देश माओवादीमय, स्वतन्त्रमय बन्दै गएको छ । हामी ०६४ जस्तै देश माओवादीमय हुने र प्रचण्डमय अवस्था देखिरहेको छु । निकै ठूलो जिम्मेवारी माओवादीको  काँधमा वा प्रचण्डको काँधमा नयाँ क्रान्ति एवम अभिभारा दिन नेपाली जनता तयार भएको महशुस गरेको छु ।’

साथै उनले पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको दाबी गरे । उनले अभियानका क्रममा पार्टीका सबै शीर्ष नेताहरु सहभागी भएको र त्यस क्रममा जनता, व्यवसायी, कर्मचारी, बुद्धिजीविहरु लगायतबाट प्राप्त सुझावहरुलाई पार्टीले ग्रहण गरेको पनि बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार