मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |
मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |


आफन्त र नाताबाटै महिलाहरू बढी यौनजन्य हिंसामा

Ujyalosandeshonline 11566+ समाचार ( )
१४ मंगशिर २०८२, आइतबार

काठमाडौँ । नेपाल प्रहरीको तथ्याङ्कले आफन्त र नाता पर्नेहरूबाटै महिला बढी हिंसामा पर्ने गरेका देखिएको छ । प्रहरी प्रधान कार्यालयले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आज वार्षिक तथ्यपत्र सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले ९१ प्रतिशत यौनजन्य हिंसा आफन्त र नातेदारबाटै भएको पाइएको तथ्यपत्रबारे प्रस्तुतीकरण दिनुभयो ।

उहाँले घरेलु हिंसाको दर पनि अत्याधिक रहेकाले आफैँ र घरपरिवारबाट सुधार हुन जरुरी रहेकामा जोड दिनुभयो । प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयद्वारा आज प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले हिंसाका घटना बढ्नुका साथै अझै उजुरी दिने क्रम पनि बढेको बताउनुभयो ।

पहिले महिलाहरू हिंसा लुकाएर राख्ने गरेकामा विस्तारै खुल्दै गएकाले पनि हिंसाका उजुरी बढिरहेको उहाँले उल्लेख गर्नुभयो । यो तथ्याङ्कले अझै पनि सामूहिक प्रयासमार्फत हिंसा न्यूनीकरणमा लाग्न हामी सबै एकजुट हुनुपर्छ भन्ने देखाएको उहाँको भनाइ छ ।

महानिरीक्षक कार्कीले अनुसन्धान र कारबाही जारी रहे पनि अपराधका घटनाको गति नरोकिएकामा चिन्ता प्रकट गर्दै त्यसतर्फ हामी सबैले प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “पढेलेखेकै मान्छेमाथि र पढेलेखेकै मान्छेबाट हिंसाका घटना भइरहेका छन्, त्यसैले शिक्षा प्रणालीमा सभ्यताको विषयसम्बन्धी पाठ्यसामग्री राख्न जरुरी देखिएको छ, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

विभागकी प्रहरी उपरीक्षक खड्काले सूचना प्रविधिको विकाससँगै हिंसाका घटनामा बढोत्तरी भएको उल्लेख गर्दै यसलाई रोक्न प्रहरी एक्लैले नसक्ने धारणा राख्नुभयो । आर्थिक समस्या र परनिर्भरताका कारण अझै पनि महिला प्रहरीमा उजुरी दिन डराइरहेकोतर्फ सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी उपरीक्षक खड्काले हिंसा रोक्न र भइहाले न्याय दिलाउन समाज, व्यक्ति, राजनीतिक दल, सरोकार भएका निकायलगायत सङ्घसंस्थाको सहकार्य र समन्वयको खाँचो औँल्याउनुभयो । अहिले प्रहरीले देशभरका २६० युनिटबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी सेवा प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागकी उपसचिव कविता अर्यालले महिला हिंसाबाट कुनै प्रदेश र कुनै उमेर समूह अछुतो नरहेको बताउँदै नातागोताबाटै हिंसा हुनु अति चुनौतीपूर्ण विषय भएको उल्लेख गर्नुभयो । अहिले पनि २८ प्रतिशत मात्रै पीडित महिला ‘हिंसा भयो’ भनेर मद्दत माग्न आउने गरेका जनाउँदै उहाँले बाँकी समाजमा लुकेर रहनु डरलाग्दो विषय भएको बताउनुभयो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराईले अभियानका रूपमा नभइ हिंसारहित समाज निर्माणका लागि आवश्यक सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिँदै न्यायको पहिलो ढोका प्रहरी भएकाले प्रहरीको भूमिका बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

गृह मन्त्रालयकी उपसचिव मीना अर्यालले महिलामाथि हुने हिंसा बढिरहेका भन्दै समीक्षा गरी न्यूनीकरणमा लाग्न सबैमा आग्रह गर्नुभयो । प्रविधिले थप चुनौती थपिरहेको उल्लेख गर्दै उहाँले आवश्यक रणनीति बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

राष्ट्रिय महिला आयोगकी रोशनीदेवी कार्कीले ‘खबर गरौँ ११४५’ अभियान सञ्चालन गरिएको जानकारी दिँदै हिंसाका घटनामा ‘होस्टाइल’ हुने समस्या विकराल रहेको उल्लेख गर्नुभयो । त्यसैले प्रभावितमैत्री सेवा दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार