मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

महिला टी २० का लागि बन्द प्रशिक्षणमा २४ खेलाडी

Ujyalosandeshonline 12441+ समाचार ( )
२८ पौष २०८०, शनिबार

काठमाडौं । मलेसियामा अर्को महिना आयोजना हुने एसीसी वुमन्स प्रिमियर कप टी २० क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । इन्दू वर्माको कप्तानीमा टोली घोषणा गरिएको हो ।  प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा नेपाल क्रिकेट संघ क्यानले २४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । यही २४ जनाबाट अन्तिम १४ को सूची सार्वजनिक हुने छ । महिला टोलीमा यसोदा विष्ट, आरती महतो र ज्योत्सिन्का मरासिनीले पहिलो पटक राष्ट्रिय टिमको क्याम्पमा स्थान बनाएका छन् । प्रधानमन्त्री कपमा विष्ट बागमती प्रदेश, महतो मधेश प्रेश र मरासिनीले गण्डकी प्रदेशबाट खेलेका थिए । फेब्रुअरी १० देखि १८ तारिखसम्म मलेसियामा आयोजना हुने प्रतियोगितामा १६ टिमले सहभागिता जनाउँदै छन् ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीको सूची । 

इन्दु बर्मा (कप्तान), विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, सबनम राई, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, एसोदा विष्ट, खुशी डंगोल, रोमा थापा, सोमु विष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार