मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

अवैध लागू औषधसहित नवलपरासीका तीन जना युवा पक्राउ

Ujyalosandeshonline 11566+ समाचार ( )
१० फाल्गुन २०८१, शनिबार

पोखरा । पोखराको एक कृषि फर्ममा पार्किङ गरिराखिएको बोलेरो जिपबाट ठुलो मात्रामा अवैध लागू औषधसहित तीन जना पक्राउ परेका छन् । 

पोखरा महानगरपालिका वडा नं.१४ खाल्टे मसिनास्थित मंगलम कृषि फर्म प्रा.लि.को कम्पाउण्ड भित्र पार्किङ गरिराखेको लु २ च १५०९ नं. को बोलेरो जिपबाट ठुलो मात्रामा अवैध लागू औषधसहित तीन जना पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कास्की, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त बोलेरो जीपबाट ठुलो मात्रामा अवैध लागू औषधसहित तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 

पक्राउ परेका अभियुक्तहरुमा उक्त जिपका चालक नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ का ३७ वर्षीय राजेश सैथवार, सोही जिपमा सवार नवलपरासीकै रामग्राम नगरपालिका वडा नं.१२ बस्ने बर्ष २८ को संसद अन्सारी र नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय प्रेम सागर यादव रहेको प्रहरीले बताएको छ । 

उनीहरुको साथबाट अवैध लागू औषध डाईजेपाम– दुईसय ६४ एम्पुल, बुर्फिननुर्फिन– दुईसय ६३ एम्पुल र फेनारगन– दुईसय ६५ एम्पुल गरी जम्मा साथ् सय ९२ एम्पुल लागू औषध, पांच थान मोबाईल पनि बरामद भएको प्रहरीले दाबी गरेको छ ।

उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार