मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

बाङ्गला स्वास्थ्य चाैकी पूर्ण संस्थागत प्रसुति सेवायुत्त वडा घोषणा

Ujyalosandeshonline 12441+ समाचार ( )
६ असार २०८२, शुक्रबार

अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा न ४ काे बाङ्गला स्वास्थ्य चाैकीलाई पूर्ण संस्थागत प्रसुति सेवायुत्त वडा  घोषणा गरिएको छ । उक्त वडालाई जिल्लाकाे चाैथाे वडाकाे रूपमा पुर्ण प्रसुति वडा धाेषणा गरिएको हाे ।

घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पूर्ण संस्थागत प्रसुति सेवायुत्त वडा  घोषणा गरिएको हाे ।  कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख श्रेष्ठले घोषणापछि नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार आउने अपेक्षा ब्यक्त गरे  । उनले  प्रसुतिको समयमा आमाको मृत्यु भएपछि जिन्दगीभर आमा देख्न नपाउनेको पीडा अनुभव गर्न नसकिने भन्दै त्यस्तो कुनै पनि नागरिकले भोग्न नपर्ने गरी स्वास्थ्यको पहुँच बढाउन पालिकाले जोड दिने बताए । प्रसूति सेवा विस्तार गरी घरमा सुत्केरी हुने अवस्थाको अन्त्य गर्न अभियानको रुपमा कार्यक्रम अगाडि बढाइने उनको भनाइ छ ।

घरधुरी सर्वेक्षणका क्रममा कम्तीमा ९० प्रतिशतले चार पटक गर्भ जाँच गरेको, कम्तीमा ९५ प्रतिशतले स्वास्थ्य संस्थामै प्रसूति गराएको, सुत्केरी जाँच कम्तीमा तीन पटक भएकोलगायतका मापदण्ड पूरा गरेको त्यहि मापदण्डका लुम्बिनी प्रदेशकाे  स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचक पूरा गरेपछि  पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा धाेषणा  भएको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीले बताए । कार्यक्रममा वडा सदस्य चाेपनारायण श्रेष्ठ, पत्रकार अनिल नेपाली, समाजसेवी मुक्तीराम भण्डारी लगायतले बोलेका थिए । कार्यक्रममा पुर्ण प्रसुति वडा घोषणा गराउन याेगदान गर्ने स्वास्थ्यकर्मी, महिला स्वयमसेविका लगायत लाई सम्मान गरिएको थियोे ।

बाङ्गला स्वास्थ्य चाैकीका अध्यक्ष तथा सन्धिखर्क नगरपालिका वडा न  ४ का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक प्रकाश परियारकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार