मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

प्रदेशको गौरवको आयोजना : विद्युतिय शवदाह गृह निर्माण स्थलको निरिक्षण

Ujyalosandeshonline 12444+ समाचार ( )
१३ असार २०८२, शुक्रबार

जनकपुर । मधेश प्रदेश सरकारको ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले निर्माण हुने भनिएको प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको जनकपुरधामस्थित स्वर्गद्वारमा विद्युतिय शवदाह गृह जग्गाको स्थलगत निरिक्षण गरेका छन् ।

मन्त्रालयका निमित सचिव रामकुमार खंग, खानेपानी महाशाखाका लक्ष्मीप पन्त र सम्झना लामिछानेसहितका टोलीसंगै मन्त्री यादवले जनकपुरधाम वडा नम्बर ४ स्थित गंगासागर पोखरीको डिलमा निर्माण हुन लागेको विद्युतिय शवदाहगृह निर्माण हुने जग्गाको निरिक्षण गरेका हुन ।

 स्वर्गद्वारको पछाडिपट्टि बच्चाहरुलाई संस्कार गर्ने जग्गा मध्येबाट करीब ३ कट्ठामा सो विद्युतिय शवदाह गृह निर्माण गरिने भएको छ । मन्त्री यादवसँगै मन्त्रालयका टोलीलाई स्वर्गद्वारका संरक्षक समेत रहेका पवन सिंघानियाले निर्माणस्थल जग्गाको अवलोकन गराउंदै वर्तमान अवस्था बारे जानकारी गराएका थिए ।

यो विद्युतिय शवदाह गृह निर्माण भएपछि शमशान मध्ये प्रदेशकै पहिलो गौरवको आयोजनाको रुपमा रहनेछ । यसै आर्थिक वर्षदेखि विद्युतिय शवदाहगृहको निर्माण कार्य संचालन गरिने ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले जानकारी दिएका छन् ।

आर्थिक, सामाजिक विकास र वातावरण संरक्षणका दृष्टिले विद्युतिय शवदाहगृह प्रदेशका राजधानी जनकपुरधामका विकासका लागि एउटा ऐतिहासिक पहलको शुरुवात रहेको भन्दै मन्त्री यादवले उनले स्वर्गद्वार अहिले नै एउटा पर्यटकीय स्थलको रुपमा रहेको छ । विद्युतिय शवदाह गृह निर्माणले बढेको सौन्दर्यकरणले झन पर्यटकीय विकास हुनेछ ।  

मन्त्री यादवले मधेश सरकारको यो गौरवको योजना रहेको र यो शवदाह गृह निर्माणले आम जनतालाई आर्थिक र समयको बचतसंगै वातावरणिय हिसाबले पोलुसन रोक्ने काम समेत गर्ने बताए ।

दुई वर्ष भित्र निर्माण हुने सो विद्युतिय शवदाह गृहको अढाई तल्ले भवन, दुईवटा शवदाह ट्रली बेड, भृन्चुरी स्क्रबर, वेट स्क्रबर धुंवा निस्किने चिम्नी र अस्थिलाई व्यवस्थापन गर्ने सहितका वातावरणीय संरचना निर्माणका लागि मन्त्रालयले ११ करोड रुपैया छुट्याएको छ ।

यो शवदाहगृह निर्माणपछि शव दहन गर्ने दाउरा लगायतका सामाग्रीमा १०÷१२ हजार सम्म खर्च पर्ने ठाउंमा बढीमा ३ हजार मात्र खर्च हुने, काठ काटिने रोकंदा जंगल बच्ने र पोलुसन नफैल्ने लगायतका फाईदा हुने निमित सचिव रामकुमार खंगले बताए ।

ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले चालु आर्थिक वर्षमा दर्जनौ शमसान स्थल निर्माण तथा सौन्दर्यकरण गराएका छन् भने आगामी वर्षमा समेत शमशान स्थलको सौन्दर्य र निर्माणका लागि बजेट छुटयाइएको छ ।

विद्युतिय शवदाह गृहनिर्माण भइसकेपछि सम्बन्धित जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरि कार्यविधि बनाएर स्वर्गद्वार समितिलाई संचालनको जिम्मा दिइने यसअघि जेठ १६ गते सरोकारवालासँगहरुको बैठकमा निर्णय गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार