मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

गाउँपालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

Ujyalosandeshonline 12444+ समाचार ( )
१७ पौष २०८१, बुधवार

रामेछाप । लिखु खोलामा सञ्चालित जलविद्युत आयोजनाले जथाभाबी रूपमा नदी जन्यपदार्थ ढुङ्गा र बालुवा उत्खनन गरी वातावरणलाई प्रभावपारे पछि रामेछापको उमाकुण्ड गाउँपालिकाले लिखु खालामा नदी जन्य पदार्थ उत्खननमा रोक लगाएको छ । 

सो गाउँकार्यपालिका को पुस १५ गते बसेको बैठकले उमा कुण्ड गाउँपालिका अन्तर्गत लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री वितरणको लागी आइइई÷इआइए प्रतिवेदन तयार नहुँदा सम्म उत्खननको काममा रोक लगाउने निर्णय गरेको छ ।

त्यसको लागि तत्काल प्रक्रिया अगाडी बढाइ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धीमा पदण्ड २)७७ बमोजिम ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण कार्य गरिने भएकोले सो कार्य पुरा नभए सम्मको लागि लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ । 

सो सूचनाको उल्लङ्घन गरी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण गरेको पाइएमा बागमती प्रदेश सरकारको आर्थिक ऐन २) ८१ बमोजिम जरिवाना हुने कार्यालयले जनाएको छ । 

लिखु नदीमा दुगडग्रुपले सञ्चालन गरेको विभिन्न जल विद्युत आयोजनाले सो क्षेत्रमा प्राकृतिक श्रोतको कानुन विपरीत दोहन गरेको छ । नदीको पानी सुकाएर ड्याममा पानी फर्काउँदा लिखुका जलचर नष्टभएका छन् भने गौरी शङ्कर आरक्षण क्षेत्रका जङ्गली जनावर पानी पिउनबाट समेत वञ्चित भएकाछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार