मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

कृषिमै आत्मनिर्भर हुनेगरी बजेट तथा कार्यक्रम ल्याउनुपर्छ : मन्त्री साह

Ujyalosandeshonline 12441+ समाचार ( )
१२ चैत्र २०८०, सोमबार

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका लागि सुझाव मागेकी छिन् । उनले सांसदहरुसँग सुझावका लागि आवहन गरेकी हुन् । 

सिंहदरबारमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सम्बन्धमा सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले मुलुकलाई कृषिमा कसरी आत्मनिर्भर बनाउन सकिन्छ र बिदेशीएका युवाहरुलाई नेपाल फर्काएर स्वदेशमै रोजगारीको सृजना कसरी गराउन सकिन्छ भन्ने विषयमा सुझावको लागि आवहन गरेकी हुन् । 

उनले भनिन्, ‘कृषिमा कस्तो खालको योजना बनाएर जाँदा कृषिमा आत्मानिर्भर बन्न सकिन्छ । वा विदेशिएका युवालाई कृषिमै आत्मनिर्भर हुनेगरी कसरी स्वदेश फर्काउन सकिन्छ र  रोजगारीमा समाहित भएर काम गर्न सकिन्छ भन्ने सुझावहरु कृषिमा आउनुपर्छ ।’

उनले  देशमा उत्पादीत सामानहरु निर्यात कसरी गर्ने र  आयातलाई प्रतिस्थापन गरी अन्त्य गर्ने काममा सांसदहरूले दिएको सुझावले सरकारको कार्ययोजनामा थप टेवा पुग्ने बताइन् । 

उनले भनिन्,‘हाम्रो कयौं उतपादन भएका सामानहरु निर्यात कसरी गर्ने भन्ने योजना बनाउनु पर्ने छ । हामीले आयातलाई कसरी प्रतिस्थापन गर्ने, कसरी अन्त्य गर्नेलगायतका विषयमा पनि मान्यज्युहरुबाट सुझाव आउँदा राम्रो हुन्छ ।’ उनले दुग्ध उत्पादनलाई बढवा दिनका लागि बजारीकरण गर्न आवश्यक रहेको पनि बताइन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार