मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

चौथो खुमबहादुर खड्का स्मृति भलिबलको उपाधि मणिमुकुन्द मुकुन्दलाई

Ujyalosandeshonline 12441+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

दाङ । चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ । घोराहीमा शनिवार भएको फाइनल खेलमा न्यु होराइजन स्पोट्र्स क्लब बुटवललाई १ का विरुद्ध ३ सेटले बिजयी भएको हो ।

 कडा प्रतिष्पर्धात्मक खेलमा मणिमुकुन्द भलिबल क्लबले २५–१४,२७–२९,२५–१९ र २५–२० को जीत निकाल्दै उपाधि हात पारेको हो । उपाधिसँगै मणिमुकुन्दले दुई लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र जित्न सफल भएको छ । उपबिजेता बनेको न्यू होराईजनले एक लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो। 

पहिलो सेट मणिमुकुन्दले जित्दा दोस्रो सेट न्यु होराइजन स्पोट्र्स क्लबले जितेको थियो। त्यसपछि लगातार दुई सेट जित्दै  मणिमुकुन्दले खेल आफ्नो कब्जामा परेको थियो । प्रतियोगितामा रोयल सिस्ने युवा क्लव तेस्रो भएको  थियो। प्रतियोगितामा तेस्रो भएको रोयल सिस्नेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

विजेतालाई नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदाङ्म्बेले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का विकास समाजको आयोजनामा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका ८ टिमको सहभागिता रहेको थियो। प्रतियोगिता फागुनको २० गतेदेखि सञ्चालन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार