मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

तिहारमा सियारी गाउँपालिकामा प्लाष्टिकका मालामा प्रतिबन्ध

Ujyalosandeshonline 12441+ समाचार ( )
२२ कार्तिक २०८०, बुधवार

 भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वलाई सभ्य र शान्तिपूर्ण रुपमा मनाउन आग्रह गरेको छ । गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै नेपालीहरूको महान चाड शुभ दीपावली, नेपाल संवत एवं छठ पर्वलाई सभ्य, शान्तिपूर्ण वातावरणमा एकआपसमा खुशी साटासाट गरी मनाउन आग्रह गरेको हो । 

चाडपर्वको समयमा पटका आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउने, किनबेच तथा ओसारपसार गर्ने, जुवातास खेल्ने खेलाउने, उश्रृंखल देउसी भैलो एवं कानूनले निषेध गरिएका कार्य नगर्न तथा नगराउनुहुन सियारीबासीमा अनुरोध गरेको छ । 

पालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीद्वारा हस्ताक्षरित विज्ञप्तीमा चाडपर्वको समयमा चोरी, डकैतीका घटनाहरू हुने सम्भावना भएकोले आफ्नो घरको सुरक्षा प्रबन्ध बलियो बनाउन गाउँबासीमा अनुरोध गरिएको छ । त्यस्तै सियारी गाउँपालिकाले दिपावली लगायतका चाडपर्वहरूमा प्लास्टिकका तथा आयातित फूलमालाहरु प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीयस्तरमा उत्पादित फूलका मालाहरुको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै किसानलाई सहयोग गर्न गाउँपालिका सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

shiv Kumar yadav १९ चैत्र २०८०, सोमबार

भनाई हो कि गराई पनि हुन्छ

shiv Kumar yadav १९ चैत्र २०८०, सोमबार

भनाई हो कि गराई पनि हुन्छ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार