मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |
मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |


विनाशकारी भूकम्पको पीडा बिर्सँदै, पूरानै असुरक्षित घरमा बस्दै

Ujyalosandeshonline 11540+ समाचार ( )
१२ वैशाख २०८२, शुक्रबार

रामेछाप । रामेछापमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको कारण ५२ हजार भन्दा बढी नीजि भवनमा क्षति पुग्यो । भूकम्पबाट २९ जना बढीको ज्यान गयो । विनाशकारी भूकम्प गएको १० वर्ष भयो । २०७२ बैशाख १२ र २९ गते भएको भूकम्पले रामेछापले निक्कै क्षति व्यहोर्यो । त्यस यता पनि सानातिना भूकम्प गइरहेका छन् । तर धनजनको क्षति हुनेगरी भूकम्प गएको छैन् । 

समय बित्दै जाँदा मानिसहरूले भूकम्पको पीडा र त्रास पनि बिर्सँदै गएका छन् । कुनै बेला आफ्नै घरभित्र पस्न नसकेर खुल्ला चौर र बारीमा रात काटेका स्थानीय अहिले त्यो सबै कुरा बिर्सँदै छन् । यतिसम्मकी भूकम्पले थिलथिलो बनाएका घर जहाँ २०७२ सालभरि पस्न समेत डराउने स्थानीय अहिले तिनै चर्किएका घरमा ढुक्कले बस्न लागेका छन् । 

त्यसो त भूकम्पले क्षति पु¥याएका भवन भत्काएर नयाँ आवास बनाउनको लागि सरकाले अनुदान सहयोग नगरेको पनि होइन । अनि नयाँ सुरक्षित आवास नबनेका पनि होइनन् । तर खै किन हो अहिले पनि मानिसहरूको मन भने नयाँ सुरक्षित घरमा होइन, भूकम्पले क्षति पु¥याएका पुरानै घरमा रमाइरहेको छ । 

सरकारले भूकम्पले नीजि आवासमा क्षति पुगेपछि नयाँ आवास निर्माणको लागि प्रति घरधुरी ३ लाख रुपैँया अनुदान दिएको थियो । यसरी अनुदान लिएर जिल्लामा ५० हजार भन्दा बढी घर बनेका छन् । एकै परिवारका तीन÷चार जनासम्मले अनुदान लिएर घर बनाएका छन् । तर ती घर अहिले प्रयोगविहीन जस्ता भएका छन् ।  

काठमाडौं लगायतका बाहिर बस्नेहरूले पनि सरकारले अनुदान दिएको भन्दै धमाधम घर बनाए । तर ती घर बनाएदेखि बन्द छन्, ढोका समेत खुलेका छैनन् । मानव विहीन घरका करेसा र झ्याल–ढोकासम्म झार उम्रिएका छन् । 

गाउँमा नै भएकाहरू पनि नयाँ बनाएका भन्दा भूकम्पले क्षति पु¥याएका पुरानै घरमा बसिरहेका छन् । सुरक्षित घरलाई उनीहरूले भूकम्पको घरको नाम दिएका छन् । ‘उनीहरू ती घरलाई आफ्ना घर समेत भन्दैनन्, त्यो भूकम्पको घर भन्छन्, भूकम्पको घरमा घाँस पात थन्क्याएको हुन्छ, भूकम्पले चर्किएका पुराना घरमा मानिसहरू बस्ने गरेका छन्’, खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेल भन्छन् । 

सुरक्षित आवास जम्मा दुई वा तीन कोठाका हुने, व्यवहार चलाउन साँघुरो हुने भएको कारण पुराना घर छाड्न नसकेको पुरानै घरमा बस्दै आएकाहरु बताउँछन् । ‘जम्मा दुईवटा कोठा हुन्छ, खाना पकाउनु प¥यो, कुखुरा, पाठा छोप्नुप¥यो, अन्नपात राख्नु प¥यो, त्यो दुई कोठाले के गर्नु, त्यसलाई पाहुना आउँदा सुत्ने ठाउँ बनाएको छ’, सुनापति गाउँपालिका–३ हिलेदेवीका मानबहादुर थापा मगर भन्छन् । 

नबुझेका होइनन् जाने बुझेकाहरू पनि भूकम्पले क्षति पु¥याएकै घरमा बस्दै आएका मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठ बताउँछन् । ‘सुरक्षित घर बनाएको छ तर भत्किन लागेको असुरक्षित घरमा नै मान्छे बस्छ, त्यसमा नबस्न भन्यो मान्दैन’, श्रेष्ठले भने । नेपाल भूकम्पको हिसाबले अति जोखिम क्षेत्रमा पर्दछ । नेपालमा कुनै पनि बेला ठुलो भूकम्प आउन सक्छ । त्यस्तो बेला यस्ता असुरक्षित घर भत्किएर पुनः ठुलो जनधानको क्षति हुने निश्चित छ । यसलाई कम गर्न अनुदान लिएर नयाँ घर बनाएकाहरूको पुराना घर भत्काउने अभियान नै चलाउनु पर्ने मन्थली नगरपालिकाका प्रवक्ता समेत रहेका श्रेष्ठको धारणा छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार