मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

मधेशमा सुरक्षा व्यवस्था कडा

Ujyalosandeshonline 11566+ समाचार ( )
१७ फाल्गुन २०८२, आइतबार

जनकपुरधाम । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आचारसंहिता उल्लघङ्न हुन नदिन तथा निष्पक्ष तथा शान्तिपूर्ण वातावरण कायम गर्नका लागि योजनाबद्ध रुपमा निर्वाचनको तयारी भइरहेको मधेस–प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । 

प्रदेशसँग जोडिएका नेपाल –भारत सीमाक्षेत्रमा सुरक्षामा कडाइ गरिएको छ । चेक प्वाइट खडा गरिएको छ भने विशेष निगरानी भइरहेको छ । आठवटै जिल्लाका मतदान केन्द्रहरुको सुरक्षा सन्दर्भमा अनुगमन तथा निरीक्षण भइसकेको सो कार्यालयले जनाएको छ ।  

कार्यालयका अनुसार मधेस–प्रदेशमा दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील अवस्थामा छन् । प्रदेशमा भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशील  छन् । त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे  योजनाबद्ध तरिकाले कार्य अगाडि बढाइएको  मधेस–प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाको भनाइ छ । प्रदेशका सबै जिल्लाका सुरक्षा समितिको अध्ययन अनुसार अतिसंवेदनशील वर्गाीकरण गरिएको उहाँले भन्नुभयो । 

 मधेस–प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील अवस्थामा रहेको, ७५५ मतदानस्थल संवेदनशील अवस्थामा रहेको तथा १५९ मतदानस्थल सामान्य अवस्थामा रहेको बताइएको छ । सप्तरीमा २९६ मतदान स्थलमध्ये २०९ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा छन् । त्यस्तै सिरहाका १५४, धनुषाका १९४, महोतरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ तथा बाराका १४५ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ । 

मधेश प्रदेशमा कूल चार हजार ४७१ मतदान केन्द्र रहेको जनाइएको छ । निर्वाचनमा प्रदेशमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रगरी एक हजार २८ जना उम्मेदवार छन् । प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन् । जसमा पुरुषको सङ्ख्या १९ लाख पाँच हजार ८१९ तथा महिलाको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार