मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर राज्यका लागि चुनौतीपूर्ण

Ujyalosandeshonline 12431+ समाचार ( )
१० भाद्र २०८१, सोमबार

काठमाडौं । मातृ तथा शिशु मृत्युदर सोचे अनुसार घट्न नसके भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्र्तगत दिगो विकास उपसमितिले अयोजना गरेको छलफल कार्यक्रममा मातृशिशु मृत्युदर घटाउन नेपाली समाज र चेतना अनुसारका नमुना कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको कुरामा जोड दिएका हुन् ।

अहिले जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था र भौगोलिक विकटताका कारण मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेको हुँदा यसलाई घटाउन नमुना खालका कार्यक्रम सञ्चालन गर्न सक्ने हो भने यो दरलाई दोहोर अंक हुँदै एकल अंकमा घटाउन सक्ने धारणा सरोकारवालाहरुको थियो ।

सरोकारवालाले मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदरलाई दोहोरो अंक हुँदै एकल अंकमा झार्ने गरी योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । यसअघिको तथ्याङ्म नेपालमा प्रत्येक एक लाख जीवित जन्ममा मातृ मृत्युदर २ सय ५८ रहेको थियो । त्यसलाई सन् २०३० सम्ममा घटाएर ७० मा झार्ने लक्ष्य लिइएको छ । त्यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर नेपालमा ३९ रहेको छ । त्यसलाई पनि २० मा झार्ने लक्ष्य लिइएको छ । करिब ५० प्रतिशत स्थानिय तहले मातृमृत्युदर शुन्यमा झार्ने प्रयास गरिरहेकोले त्यसलाई सबै स्थानिय तहमा लैजान पनि उनीहरुको जोड थियो ।

छलफलमा बोल्दै राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदर अहिले राज्यका लागि समेत चुनौती बनेको भन्दै केन्द्र, प्रदेश र स्थानीय तहको एकमुष्ट पहलमा घटाउनेतर्फ लाग्नुपर्नेमा जोड दिइन। उनले मुख्य गरेर स्थानीय तहले स्वयंसेविकाहरुलाई थप सेवा–सुविधा दिएर परिचालन गर्न सकेको अवस्थामा प्रभावकारी कार्यान्वयन गरेर अघि बढ्न सहयोग पुग्ने बताइन् । 

विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सभाले दिगो विकास लक्ष्याका बिषयमा संकल्प प्रस्ताब नै पारित गरेको जानकारी दिदै अहिले स्वास्थ्यका क्षेत्रमा भैरहेको यो नवीन खोज अनुसन्धानका माध्ययमबाट प्राप्त ज्ञान विश्वका लागि पनि उदाहरणीय बन्ने अपेक्षा गरेका छौ भनिन् । 

दिगो विकास उपसमितिका संयोजक डा.अन्जान शाक्यले दिगो विकास लक्ष्यका १७ बुँदा मध्ये राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर ३ नम्बर बुँदामा रहेको उल्लेख गर्दै सबै उमेर समूहका व्यक्तिका लागि स्वास्थ्य जीवनको सुनिश्चितता गर्दै समृद्ध जीवनस्तर प्रवद्र्धन गर्ने कुरामा हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले यस्ता विषयमा केन्द्रित भएर समितिले छलफल अघि बढाएको पनि उल्लेख गरे । 

त्यसैगरी समितिका सदस्य बामदेव गौतमले मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदर घटाउने हो भने आर्थिक अभाव भएका परिवारलाई कम्तिमा तीन वर्षसम्म आमा र बच्चा दुबैको स्वाथ्य र आर्थिक पाटो राज्यले व्यहोर्ने नीति ल्याउनुपर्नेमा जोड दिए । समितिका सदस्य सावित्रा मल्लले सबै स्थानीय तहले ‘गर्भवती महिलासँग जनप्रतिनिधिसँग भेटघाट’ कार्यक्रम ल्याई त्यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

समितिका सचिव रोजनाथ पाण्डेले लुम्विनी प्रदेशको कपिलवस्तु जिल्लामा नमूनाका रुपमा मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदर ‘डिजिटलाईजेशन’मार्फत घटाउने परियोजना नमूना सफल भएमा  अन्य जिल्ला र प्रदेशमा पनि सञ्चालन गर्न सकिने र दिगो विकास लक्ष्यका लागि यो प्रभावकारी हुने उल्लेख गरे ।

सात ओटा प्रदेशमध्ये लुम्विनी प्रदेश र अझ त्यसमा पनि कपिलबस्तुमा सबैभन्दा बढी मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदर रहेको अनुसन्धानबाट प्राप्त भएपछि त्यहि जिल्लालाई केन्द्रित गरेर मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदर ‘डिजिटलाईजेशन’मार्फत घटाउने परियोजनाको सुरुवात गरिएको छ ।  तथ्याङ्क अनुसार उक्त जिल्लामा मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदर प्रति एक लाखमा २ सय ७ रहेको छ ।

छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिवहरु डा.विकास देवकोटा र डा.दीपेन्द्र रमणसिंहले पनि यो परियोजनालाई प्रभावकारी ढंगले अघि बढाउनु पर्नेमा जोड दिए । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्राडा गेहनाथ बरालले यो नवीन मोडेल भएको भन्दै यसलाई अन्य जिल्ला र प्रदेशमा पनि लैजानुपर्नेमा जोड दिए ।  विश्व स्वास्थ्य संगठन नेपालका डाक्टर राजेश पाण्डव र डाक्टर पूजा प्रधानले सहकार्य गरेर अघि बढ्न आफूहरु तयार रहेको जानकारी गराए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार