मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बाजुरामा साइबर अपराध, बाल विवाह र बाल यौन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12431+ समाचार ( )
५ असार २०८३, शुक्रबार

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ र ८ स्थित दुई विद्यालयमा विद्यार्थीहरूका लागि साइबर अपराध, बाल विवाह र बाल यौन दुर्व्यवहार सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाट र नरेश बहादुर शाहीको नेतृत्वमा वडा नं. ७ को ज्ञानोदय माध्यमिक विद्यालय, रजातोली र वडा नं. ८ को मालिका माध्यमिक विद्यालय, मार्तडीमा अध्ययनरत छात्रछात्राहरूलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा पछिल्लो समय चुनौतीका रूपमा देखा परेका साइबर अपराध, समाजमा व्याप्त बाल विवाह र बाल यौन दुर्व्यवहारका विषयमा विद्यार्थीहरूलाई सचेत गराइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी अधिकारीहरूले प्रविधिको सही प्रयोग, कानुनी प्रावधान र यस्ता हिंसा तथा अपराधबाट बच्ने उपायहरूबारे जानकारी दिँदै बालबालिकालाई जागरुक गराउनुभएको थियो । उक्त कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार