मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

वस्तिमा पसेको बाघ नियन्त्रण गर्न गएको टोली फर्कियो, प्रशासनद्वारा नियन्त्रणको प्रयास जारी

Ujyalosandeshonline 12437+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

इटहरी । सप्तरीको फत्तेपुरमा बाघ गाउँ पसेपछि अहिले त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।सप्तकोसी नगरपालिका वडा नम्बर– १ फत्तेपुरको इलाका वन कार्यालय नजिकैबाट बाघ गाउँ छिरेको हो ।बाघले केही व्यक्तिलाई आक्रमण गरेको र नियन्त्रणमा लिने प्रयास गरे पनि अहिलेसम्म नसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन् ।

उनका अनुसार बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, इलाका वन कार्यालय फत्तेपुरको टोली, नेपाल प्रहरी, शसस्त्र प्रहरीका साथै नेपाली सेनाको टोली परिचालित भएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट गएको टोली भने फर्किएको छ । टोलीमाथि नै स्थानियले आक्रमणको प्रयास गरेकाले त्यहाँबाट फिर्ता भएको कार्यालयका सूचना अधिकारी मिथिलेस महतोले जानकारी दिए । ‘हाम्रो क्षेत्रभित्र परेको अबस्था थिएर तर, नियन्त्रणका लागि टोली गएपनि त्यहाँबाट सहयोग प्राप्त भएन । मान्छे होहल्ला गर्ने र टोलीमाथी नै आक्रमण गर्ने अबस्था आएपछि टोली फर्किएको छ ।’ उनले भने ।

नजिकै रहेको बन क्षेत्रबाट पसेको बाघले आक्रमण गर्दा तीन जना घाइते समेत भएका छन् । घाइते हुनेमा स्थानीय रिजन गोसाई, गणेश खत्री, कृष्ण विष्ट घाइते भएका हुन् । घाइतेमध्ये कृष्ण विष्टलाई उपचारको लागि इटहरी ल्याइउको छ भने दुई जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको प्रजिअ दाहालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार