मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

तिला नदीले बगाएर ल्याएको रतुवा उद्दार, वन कार्यालयलाई जिम्मा लगाइयो

Ujyalosandeshonline 11566+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

मुगु । जुम्ला जिल्लाको तिला गाउँपालिका ३, कुडारीस्थित तिला नदीले बगाएर ल्याएको जंगली जनावर रतुवाको सफल उद्दार गरि डिभिजन वन कार्यालय जुम्लालाई जिम्मा लगाइएको छ । जनावरलाई कुडारी निवासी मुन प्रसाद भट्टराईले आफ्नै घर नजिकको तिला नदी किनारमा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी चौकी कुडारीबाट प्रहरी निरीक्षक उत्तम कुमार बोहराको कमाण्डमा तीन जनाको टोली खटिएको थियो । टोलीले जंगली जनावरलाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर तातोपानी गाउँपालिका अन्तर्गत सव–डिभिजन वन कार्यालयका वन अधिकृत रविन्द्र कुमार अधिकारीको जिम्मा लगाएको प्रहरी स्रोतले जनाएको छ ।

उक्त स्थान प्रहरी चौकी कुडारीबाट करिब एक किलोमिटर पश्चिममा पर्ने बताइएको छ । उद्दार गरिएको जनावरलाई प्राकृतिक वासस्थानमा पुनःस्थापित गरिने वन कार्यालयले जनाएको छ । स्थानीयवासीले प्रहरी र वन कार्यालयको समन्वयमा गरिएको चाँडो र प्रभावकारी कार्यप्रति प्रशंसा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार