मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

एक हप्ताभित्र निर्माण व्यवसायीहरुको भुक्तानी हुन्छ : मन्त्री पौडेल

Ujyalosandeshonline 12441+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार र निर्माण व्यवसायीको बीचको सम्बन्ध भनेको नङ् र मासुको जस्तो भएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा उनले सरकार र निर्माण व्यवसायीको लक्ष्य एउटै भएको भन्दै विरोध गरेर होईन्, फरक ठाँउमा भएपनि राष्ट्र निर्माणको साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । 

उनले भने, ‘सरकार र निर्माण व्यवसायीको बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो । अथवा कस्तो सम्बन्ध विकास गरेर जानुपर्ने हो । हामी नदीका दुई किनारा हुन् । एकले अर्काको विरोध गरेर हाम्रो अभिभाराहरु पूरा हुन्छन् । हाम्रो साझा अभिभारा छैन् । म के आग्रह गर्न चहान्छु भने हामी नदीका दुई किनारा होइनौं, हामी फरक ठाँउमा रहेर राष्ट्र निर्माणको साझा जिम्मेवारी बहन गर्दै छौ । व्यवसायी र सरकारबीचको सम्बन्ध नङ् र मासुको जस्तो सम्बन्ध हो ।’

यस्तै, उनले व्यवसायीहरुलाई भुक्तानीको बारेमा धेरै चिन्ता नलिन आग्रह गर्दै एक हप्ताभित्र सबै भुक्तानी हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

उनले भने, ‘भुक्तानीको बारेमा धेरै चिन्ता नलिनु भन्न चहान्छु । तपाईहरुले कुनै पनि मन्त्रालय, निकायमा भुक्तानी पाउन बाँकी छ भने आज शनिबार भयो जान मिलेन, भोली देखि जानु तपाईहरुले भोलीदेखि नै पाउनु हुन्छ । भोलि पाउनु भएन भने पर्सि पाउनु हुन्छ । १ हप्तामा पनि पाउनु भएन भने तपाईहरु मकहाँ आउनुस्, कुन मन्त्रालय र निकायले तपाईहरुलाई भुक्तानी दिदैँन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार