मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

प्रहरी र सञ्चारकर्मीको सम्बन्ध नङ र मासुजस्तै : आईजीपी कार्की

Ujyalosandeshonline 11540+ समाचार ( )
१४ पौष २०८२, सोमबार

भैरहवा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी र सञ्चार क्षेत्रबीचको सम्बन्ध नङ र मासुजस्तै अटुट रहेको बताउनुभएको छ । सोमबार लुम्बिनी प्रेस क्लबको ११ औं स्थापना दिवस तथा तेस्रो लुम्बिनी न्युज फेस्टिवलको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

समाजमा लुकेका अपराधलाई बाहिर ल्याउन सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै आईजीपी कार्कीले सन्तुलित पत्रकारिताले नै सञ्चार क्षेत्रप्रतिको विश्वास बढाउने धारणा राख्नुभयो । उहाँले कतिपय अवस्थामा प्रहरीभन्दा पहिले घटनास्थलमा पुगेर सञ्चारकर्मीले प्रमाण जुटाउन र दोषी पक्राउ गर्न मद्दत गरेको भन्दै सञ्चारकर्मीको सक्रियताको प्रशंसा गर्नुभयो ।

समारोहमा बोल्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले लुम्बिनीबाट सुरु भएको शान्ति पत्रयात्राले मुलुकमा स्थायी शान्ति स्थापनाका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहेको सन्देश दिएको बताउनुभयो । यस्तै, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारिताको मर्यादा र आचारसंहिता पालना गर्ने मिडियालाई काउन्सिलले सधैं संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

औपचारिक कार्यक्रम सुरु हुनुअघि आईजीपी कार्कीले पर्साचोकदेखि बेबी बुद्धसम्म आयोजित ‘हेरिटेज वाक’ को शुभारम्भ समेत गर्नुभएको थियो । कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी कार्यबाहक नगरप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, प्रेस काउन्सिल सदस्य नकुल अर्याल लगायतले लुम्बिनीको पर्यटन प्रवद्र्धन र समाजलाई सकारात्मक दिशातर्फ लैजान पत्रकारिताको भूमिकाबारे चर्चा गर्नुभएको थियो । क्लबका अध्यक्ष कमल रायमाझीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थापक अध्यक्ष माधव ढुंगाना र संयोजक पुनहरि बेल्बासेले क्लबको यात्रा र योगदानबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार