मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

मन्त्रीपरिषद बैठक : घाइतेहरुको निःशुल्क उपचार, सडक तत्काल खुलाइने

Ujyalosandeshonline 11566+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

काठमाडौं । सरकारले विपदमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकले घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

उनले भने, ‘नेपाल सरकारको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आपतकालीन समन्वयात्मक बैठक बसेको हो । बैठकले दुईतीन दिन लगातार  परिरहेको भारी बर्षाका कारणले धेरै ठाउँमा नोक्सान भएको  छ । सरकारले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ । 

साथै क्षतिपूर्ति दिने समेत निर्णय गरेका छौं ।  भारी बर्षामा परेका परीक्षाहरु समेत स्थगित गरिएका छन् । यस्तै घाइतेहरु  निशुल्क उपचार त गर्ने गरेका छौं तरसबै घाइतेहरुको निशुल्क उपचार गर्ने निर्णय गरेका छौं ।  तत्काल अविलम्ब अवरुद्ध भएका सडकहरु खोल्ने निर्णय समेत गरेका छौं ।’

साथै तत्काल अवरुद्ध भएका सडकहरु सञ्चालन ल्याउन पहल थाल्ने समेत निर्णय भएको छ । विद्युत, खानेपानी टेलिफोनलगायत अवरुद्ध भएकाहरुको सञ्चालनको सम्बन्धित मन्त्रालयले काम गर्ने गुरुङले बताए । मृत्तकको परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने समेत बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै