मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

रुद्रपुर खानेपानीको नवौं साधारण सभा सम्पन्न, नमुना संस्थाको रूपमा विकास भइरहेको चर्चा

जगीलाल थापा 30+ समाचार ( )
२१ पौष २०८२, सोमबार

कञ्चन । रुपन्देहीको कञ्चन–४, गरगरेस्थित रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नवौं साधारण सभा संस्थाका अध्यक्ष नाम बहादुर के.सी.को अध्यक्षतामा सम्पन्न भएको छ । सभाले अध्यक्ष, कोषाध्यक्ष र लेखा संयोजकद्वारा प्रस्तुत वार्षिक तथा आर्थिक प्रतिवेदनहरू सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउनु सरकारको दायित्व भएको बताउनुभयो भने कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल लगायतका वक्ताहरूले संस्थाले जिल्लाकै नमुना संस्थाको रूपमा काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

हालसम्म ३ हजार ५ सयभन्दा बढी घरधुरीमा धारा जडान गरी करिब डेढ करोड रुपैयाँ सञ्चित नाफा गर्न सफल यस संस्थाको सभामा उपभोक्ताहरूले मिटर रिडिङमा ढिलाइ, पानीको गुणस्तर र डिजिटल भुक्तानीको शुल्कबारे गुनासो राख्दै सुधारको सुझाव दिएका थिए ।

सभाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा आमा समूहहरूबीच लोकगीत प्रतियोगिता समेत आयोजना गरिएको थियो, जसमा नमुना महिला सामुदायिक विकास समूह प्रथम भएको छ । राष्ट्रिय लोक दोहोरी गायिका संगिता चितौरे मगरको सांगीतिक प्रस्तुति रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव रेशम बहादुर थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार