मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

गरुडा नगरपालिकाको जयनगरमा फर्निचर मेला सुरु

Ujyalosandeshonline 12437+ समाचार ( )
२६ माघ २०८१, शनिबार

रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं. १ स्थित जयनगरमा श्रीपञ्चमीको अवसर पारेर काठको फर्निचर मेला सुरु भएको छ । प्रत्येक बर्ष झै यस वर्ष पनि नेपाल विश्वकर्मा बजार समितिको आयोजना मा फर्निचर तथा फलामे औजारको मेला लागेको हो ।

मेलामा घरायसी प्रयोजनका साथै कृषिमा प्रयोग गरिने घरेलु यन्त्र काठको फर्निचर र फलामका विभिन्न औजार सामग्री बिक्रीका लागि राखिएको छ । आफ्नै काठ र आफैंले फर्निचर बनाउने हुनाले तुलनात्मक रूपमा फर्निचर सस्तो हुने गरेको व्यवसायीहरू बताउँछन् । अन्य ठाउँमा सामान किनेको भन्दा जयनगर फर्निचर मेलामा २५ प्रतिशतभन्दा बढी सस्तो हुने गरेको शिवनगरका सुवास मिश्रले बताए । 

यातायातको सुविधा भएको र तुलनात्मक रुपमा फर्निचर सस्तो पर्ने हुनाले धेरै ग्राहकले जयनगरको फर्निचर मेलामा आउने गरेको उनको भनाइ छ । करीब एक महिनासम्म लाग्ने फर्निचर मेलामा यसपटक पाँच करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको विश्वकर्मा लोहार संघ रौतहटका अध्यक्ष विवेक शर्माले बताए । उनका अनुसार गत वर्ष मेलामा करीब चार करोड रुपैयाँको कारोबार भएको थियो ।

उक्त मेलामा साल, सिसम, टिक, आँप लगायत जातको काठ प्रयोग गरी बनाइएको बक्स पलङ सेट ,डाइनिङ टेबल सेट, कुर्सी, खाट, बेन्च, ढोका, ड्रेसिङ टेबल, झ्याल, दराज लगायतका सामान सस्तो मूल्यमा खरिद बिक्री हुने गर्दछ । त्यस्तै मेलामा फलामको कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरी लगायतका सामग्री खरिद बिक्री हुने गरेको छ ।

एक महिनाभन्दा लामो समयसम्म चल्ने फर्निचर मेलामा घरायसी प्रयोगका विभिन्न सामग्रीहरु खरिद गर्नेको आर्कषण बढेको पाईन्छ । जयनगर फर्निचर मेलाबाट काठमाडौँ, जनकपुर, पोखरा, वीरगंजका साथै सर्लाही, रौतहट र बाराका विभिन्न गाउँमा काठका फर्निचर पुग्ने गरेको छ । साथै भारतको विभिन्न ठाउँसम्म पनि मेलाबाट घरायसी प्रयोजनका लागि ग्राहकहरुले फर्निचर लैजाने गरेको बुझिएको छ । चन्द्रनिगाहपुर गौर सडक खण्डको राजमार्ग नजिकको खण्डमा यो मेला लाग्ने गर्दछ । सम्भवतः मधेश प्रदेशकै ठुलो फर्निचर मेला भएको आयोजकले दाबी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार