मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा सङ्क्रमण

Ujyalosandeshonline 11540+ समाचार ( )
१७ चैत्र २०८२, मङ्गलबार

ढोरपाटन (बागलुङ) । बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा दादुरा सङ्क्रमण फैलिएको थियो । फागुन २९ गतेदेखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि पूर्णरुपमा नियन्त्रणमा आउन भने सकेको छैन । विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो । 

खोप लगाएपछि दैनिक सङ्क्रमित हुनेको सङ्ख्या कम भए पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ढोरपाटनसँगै तमानखोला गाउँपालिकाका दुई शङ्कास्पद बिरामी रहेका उहाँको भनाइ छ । हालसम्म १३ जनामा सङ्क्रमण पुष्टि भएको शर्माले जानकारी दिनुभयो । दादुराको लक्षण देखिएका ३३ जनाको नमूना सङ्कलन गरी काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उहाँको भनाइ छ ।

हालसम्म पाँच हजार ९३४ जना १० देखि १९ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो । हालसम्म २०५ शङ्कास्पद बिरामी छन् । हाल चार बिरामी अस्पतालमा उपचाररत छन् । तमानखोलामा शङ्कास्पद बिरामी देखिएपछि पश्चिम बागलुङका चारवटै पालिकामा खोप लगाउने योजना रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार