मुख्य समाचार
भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन | गौरको बरहवा तालमा सूर्य र वराह मन्दिर उद्घाटन | भीमफेदी दुर्घटनामा नागरिक गुमाएको शोकमा चक्रघट्टा गाउँपालिका बन्द, किरिया खर्चबापत रु ५० हजार दिइने | आस्था र एकताको पर्व छठ आजदेखि सुरु, मिथिलाका गाउँबस्ती छठमय | देउसीभैलोको नाममा 'अश्लील नृत्य' : भैरहवाबाट सल्यान, दाङ र गुल्मीका ३ युवती पक्राउ | भीमफेदी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, घाइतेको निःशुल्क उपचार र पीडितलाई तत्काल राहत दिन माग | चिसापानीगढी दुर्घटना अपडेट : एकै टोलका १० सहित ११ जनाको मृत्यु, ६ घाइते | पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा | लुम्बिनीमा देउसीभैलोका नाममा अश्लील नृत्य प्रदर्शन गर्ने दुई महिला नियन्त्रणमा | काठमाडौँबाट सर्लाही जाँदै गरेको ईभी मकवानपुरमा दुर्घटना, १० जनाको ज्यान गयो |

गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार

Ujyalosandeshonline 12665+ समाचार ( )
१३ भाद्र २०८३, शनिबार

बाजुरा । परम्परागत कृषि प्रणालीमा गोरुको प्रयोग  तथा किसानलाई गोरु पालनतर्फ आकर्षित गर्न बाजुराका एक सय ५६ किसानलाई प्रतिकिसान रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको छ । प्रविधि तथा कृषि यान्त्रिकीकरण बढ्दै गएपछि गोरु पाल्ने क्रम घट्न थालेकाले किसानलाई गोरु पालनमा प्रोत्साहित गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो ।

प्रोत्साहन रकम पाउने किसानमा स्वामीकार्तिक खापर गाउँपालिकाका ३७, बडीमालिका नगरपालिकाका ३३, गौमुल गाउँपालिकाका ३२, बुढीनन्दा नगरपालिकाका १४, खप्तड छेडेदह गाउँपालिकाका १४, जगन्नाथ गाउँपालिकाका ११, हिमाली गाउँपालिकाका सात, त्रिवेणी नगरपालिकाका चार र बुढीगंगा नगरपालिकाका तीन जना रहेका छन् ।

उक्त कार्यक्रमका लागि जिल्लाका नौवटै स्थानीय तहबाट चार सय जनाले आवेदन दिएका थिए । आवश्यक कागजात जाँच गरी दुई सय जना छनोट गरिए पनि असार २५ गतेसम्म एक सय ५६ किसानले मात्रै आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूको बैंक खातामा प्रतिकिसान रु पाँच हजारका दरले रकम भुक्तानी गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सिद्धराज जैशीले जानकारी दिनुभयो ।

“घरमा एक हल गोरु पालेर परम्परागत कृषि प्रणालीअनुसार खेती गरिरहेका किसान तथा जिल्लाका विकट स्थानीय तहलाई प्राथमिकता दिएर छनोट गरी रकम उपलब्ध गराएका छौँ,” उहाँले भन्नुभयो, “दुर्गम गाउँबाट सदरमुकाम आउन सहज नभएकालाई सम्बन्धित पालिकामै आवश्यक कागजात बुझाउने व्यवस्था गरेका थियौँ ।” गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले हल गोरु पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमका लागि बाजुरामा रु १० लाख बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार