मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीको सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न

Ujyalosandeshonline 11540+ समाचार ( )
५ अशोज २०८१, शनिबार

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमास्थित लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले विद्यार्थीहरूको लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम खत्रीको विशेष उपस्थितिमा बीए.एल.एल.बी. प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको लागि सो कार्यक्रम गरिएको हो । 

कार्यक्रममा बोल्दै एसपी श्याम खत्रीले वर्तमान समयमा ट्राफिक प्रहरीको भूमिका, राजमार्ग सुरक्षा र दुर्घटनामा युवाहरूले खेल्नुपर्ने भूमिका बारेमा जानकारी गराएका थिए । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ हजार १ सय २० जना मानिसको दुर्घटनाको कारणले मृत्यु भएको र धेरै मानिसहरू गम्भीर घाइते भएको उनले रिपोर्ट सुनाए ।

अधिकांश दुर्घटना मानवीय कारणले हुने गरेकोले ट्राफिक सचेतना सम्बन्धी नेपाल प्रहरीले निर्माण गरेको भिडियो देखाउँदै ट्राफिक नियम उल्लंघन र दुर्घटना हुने कारणहरूको बारेमा विद्यार्थीहरुलाई सचेत गराइएको थियो । कार्यक्रमसँगै विद्यार्थीहरुले योगिकुटीस्थित शान्तिकुञ्जमा ट्राफिक नियमहरूको कसरी कार्यान्वयन गर्ने भनेर भनेर अभ्यास समेत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार