मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

भुकम्प पीडितका लागि सिद्धार्थनगरको साढे २२ लाख सहयोग

Ujyalosandeshonline 11564+ समाचार ( )
१९ कार्तिक २०८०, आइतबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) को कार्यालयले जाजरकोट जिल्लाको रामीडाँढा केन्द्रविन्दु भएको गएको भुकम्प पीडितहरुको पुनस्र्थापन, राहत लगायत कार्यका लागि २२ लाख ५४ हजार ५ सय रुपैयाँ र २ सय थान कम्बल पठाउने निणर्य गरेको छ ।

आइतबार बसेको नगरकार्यपालिकाको बैठकले भुकम्पीले बढी क्षति पुरएको जाजरकोट र रुकुम पश्चिम जिल्लाका पीडितहरुका लागि दुवै जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा वा संघिय सरकारले तोकेको मापदण्ड अनुसार पाँच/पाँच लाख रुपैयाँ प्रदान निणर्य गरेको सिद्धार्थनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।

यस्तै बैठकले सिद्धार्थनगर नगरपालिका नगरकार्यपालिकाका सदस्यहरु (जनप्रतिनिधी) ले १५ दिनको सुविधा बराबर तीन लाख १६ हजार रुपैयाँ, कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरुको ५ दिनको पारिश्रमिक बराबर ७ लाख ७ हजार पाँच सय रुपैयाँ दुवै जिल्लाको विपद् व्यवस्थापन कोषमा वा संघिय सरकारले तोकेको मापदण्ड अनुसार उपलब्ध गराउने निणर्य गरेको उनले जनाए ।

१५ दिनको सुविधा सहित नगरपालिकाको प्रमुख इश्तियाक अहमद खाँले आफुले पाउने ६ महिनाको सुविधा बराबरको दुई लाख ३४ हजार रुपैयाँ र उपप्रमुख उमा अधिकारीले एक महिना सुविधा बराबरको ३३ हजार रुपैयाँ पनि उपलब्ध गराउने बताएका छन् ।

बैठकले भुकम्प प्रभावित जिल्लाहरुमा राहत सहयोगका लागि सिद्धार्थनगर नगरपालिकाको कार्यालय वा जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत मात्र राहत साम्रगी संकलन वा रकम प्रदान गर्न आह्वान गर्ने निणर्य समेत गरेको छ । भुकम्पले मानवीय र भौतिक क्षति प्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति सम्वेदना व्यक्त गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार