मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

भैरहवामा सम्पन्न अन्तरविद्यालय क्रिकेटको उपाधि बुटवलको न्यु होराइजनलाई

Ujyalosandeshonline 12437+ समाचार ( )
१ पौष २०८२, मङ्गलबार

भैरहवा । भैरहवामा सम्पन्न स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यु होराइजन स्कूल, बुटवलले हात पारेको छ । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा रूपन्देही लीलाराम न्यौपाने मावि, भैरहवालाई ५ रनले पराजित गर्दै होराइजनले उपाधि हात पारेको हो ।

उपाधिसँगै न्यु होराइजनले नगद ५० हजार र उपविजेतामा चित्त बुझाएको लीलारामले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले ८ विकेटको क्षतिमा ९९ रन बनायो । उसका लागि प्रिन्स पालले ३१ र आरुष अधिकारीले १७ रन जोडे । बलिङमा लीलारामका विक्की मल्लाहले ३, प्रेमसागर यादवले २ तथा कृष्णमोहन कुर्मी र आयन खानले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लीलाराम १७ ओभर २ बलमा ९४ रन जोड्दा अलआउट भयो । बलिङमा होराइजनका अमृत अर्यालले ४, रिजन बुढाथोकीले ३, श्रीयान्स ज्ञवालीले २ तथा आशराम अलीले १ विकेट हात पारे । लीलारामका आयन खानले ३४, अजय केवटले २१ र सुनिल यादवले १६ रन बनाए पनि जितका लागि पर्याप्त भएन । अमृत अर्याल प्लेयर अफ द फाइनल भई पाँच सय रुपैयाँबाट पुरस्तकृत भए ।

प्रतियोगितामा न्यु होराइजनका प्रिन्स पाल म्यान अफ द सिरिज भई १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, अमरज्योति स्कूलका सम्राट बराल बेष्ट बलर र लुम्बिनी शिक्षा निकेतनका बासुदेव यादव बेष्ट ब्याटर भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए । होराइजन जीबीएस बेष्ट अनुसाशित टिम भई पुरस्कृत भयो । पर्वत ज्वेलर्स, भैरहवाले प्रायोजन गरेको प्रतियोगितामा रूपन्देहीका ३० वटा विद्यालय सहभागी थिए ।

विजेता र उपविजेता टिमलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्ल, सिद्धार्थनगरका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, कार्यक्रम संयोजक उदयकुमार मल्लिक लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार