मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

जयनगरमा फर्निचर मेला, पाँच करोड रुपैयाँको कारोबार हुने

Ujyalosandeshonline 12448+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

रौतहट । रौतहटको गरुडा नगरपालिका–१ स्थित जयनगरमा श्रीपञ्चमीको अवसर पारेर काठको फर्निचर मेला सुरु भएको छ । प्रत्येक बर्ष झै यस बर्ष पनि नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा फर्निचर तथा फलामे औजारको मेला लागेको हो ।

मेलामा घरायसी प्रयोजनका साथै कृषिमा प्रयोग गरिने घरेलु यन्त्र काठको फर्निचर र फलामका विभिन्न औजार सामग्री बिक्रीका लागि राखिएको छ । गाउँ घरमा नै उपल्वध काठ तथा प्लाईवुडको प्रयोगले बनेका अधिकांश फर्निचर सामग्री बनाउने गरेको पाईन्छ । फर्निचर मेलामा सर्लाही, बारा र रौतहटका विभिन्न गाउँका फर्निचर व्यावसायीहरु आउने गर्दछन् । 

 प्रायः सवैले आफनो मेहनतबाट फर्निचर सामग्रीहरु बनाउने गरेकाले बजारको तुलनामा यहाँ निकै सस्तो हुने स्थानियले बताएका छन् ।

तराई मधेशमा विवाहमा काठको फर्निचर अनिवार्य रुपमा दिनुपर्ने चलन छ । त्यसैले त्यस्ता अभिभावकका लागि पनि जयनगर फर्निचर मेला सस्तो बजारको रूपमा रहेको स्थानिय सुवास मिश्राले बताए ।

यहाँ विक्रीका लागि राखिएको फर्निचरको पलङ्ग एक लाख रुपैयासम्मको रहेको उनको भनाइ छ । आ–आफ्ना कला र सिपको प्रयोग गर्दै बनाईएको फर्निचर सामग्रीले ग्रामीण तथा शहरी क्षेत्रको आवश्यकता पूरा गरेको उनले बताए ।

उनका अनुसार बजारको आवश्यकता पहिचान गर्दै भारततर्फ निर्यात बढाउन सकेमा फर्निचर व्यवसायीहरुलाई राहत मिल्ने देखिन्छ । फर्निचर व्यवसायले धेरैलाई रोजगारी दिन सक्ने भएकाले सरकारले समेत यस बिषयमा ध्यान दिनुपर्ने उनको तर्क छ । 

दशकौँदेखि शिवनगर महादेव स्थानसँगै लाग्दै आएको फर्निचर मेला २०६५ सालमा मन्दिरका महन्तसँग विवाद भएपछि त्यहाँबाट दुई किलोमिटर दक्षिण जयनगर चोकमा लाग्दै आएको नेपाल विश्वकर्मा बजार समितिले जानकारी दिएको छ ।

चैत महिनासम्म लाग्ने फर्निचर मेलामा यसपटक पाँच करोड रुपैयाँको कारोबार हुने अनुमान आयोजकले गरेको छ । गतवर्ष मेलामा चार करोड रुपैयाँको कारोबार भएको थियो ।

उक्त मेलामा साल, सिसम, टिक, आँपलगायत जातको काठ प्रयोग गरी बनाइएको बक्स पलङ सेट ,डाइनिङ टेबल सेट, कुर्सी, खाट, बेन्च, ढोका, ड्रेसिङ टेबल, झ्याल, दराज लगायतका सामान सस्तो मूल्यमा खरिद बिक्री हुने गर्दछ । त्यस्तै मेलामा फलामको कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरीलगायतका सामग्री खरिद बिक्री हुने गरेको छ ।

एक महिनाभन्दा लामो समयसम्म चल्ने फर्निचर मेलामा घरायसी प्रयोगका विभिन्न सामग्रीहरु खरिद गर्नेको आकर्षण बढेको पाइन्छ ।

जयनगर फर्निचर मेलाबाट काठमाडौँ, जनकपुर, पोखरा, वीरगंजका साथै सर्लाही, रौतहट र बाराका विभिन्न गाउँमा काठका फर्निचर पुग्ने गरेको छ । साथै भारतको विभिन्न ठाउँसम्म पनि मेलाबाट घरायसी प्रयोजनका लागि ग्राहकहरुले फर्निचर लैजाने गरेको बुझिएको छ ।

चन्द्रनिगाहपुर गौर सडक खण्डको राजमार्ग नजिकको खण्डमा यो मेला लाग्ने गर्दछ । सम्भवतः मधेश प्रदेशकै ठुलो फर्निचर मेला भएको आयोजकले दावी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार