मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

छठको तेस्रोदिन आज ‘सझुका अरख’

Ujyalosandeshonline 11564+ समाचार ( )
१० कार्तिक २०८२, सोमबार

महोत्तरी । महोत्तरीसहित मधेशप्रदेशको विभिन्न जिल्लामा आज छठ पर्वको ‘सझुका अरख’ को तयारी गरिँदै छ । व्रतालु आज निराहार व्रतमा छन् । निराहार व्रतको साँझ अस्ताउँदा सूर्यलाई अघ्र्य दिने विधिलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ । वर्तालु आज यही ‘सझुका अरख’ को तयारीमा छन् ।   

सूर्यदेव र षष्ठीदेवी (छठीदेवी) को आराधना गरिने चार दिने यो पर्वको आज मुख्य दिन मानिन्छ । कात्तिक शुक्ल चौथीका दिन गत शनिबार ‘नहायखाय’ विधिबाट पर्व सुरु गरेका वर्तालुले दोस्रो दिन आइतबार ‘खरना’ विधि सम्पन्न गरेका थिए ।

श्रद्धा निष्ठा र समर्पणको प्रतीक मानिने छठपर्वका अवसरमा यहाँका जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक बनाइएका छन् । वर्तालुले मङ्गलबार सप्तमीका तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि छठपर्व विधिवत् रुपमा सम्पन्न हुनेछ । व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । 

यसअघि गत शनिबार उसिना चामल, माछा–मासु, मुसुरो, लसुन–प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर वर्तालुले पवित्र स्नान गरेर व्रत सङ्कल्प गर्दै ‘नहाय–खाय’ विधि गरेका थिए । यसलाई ‘अर्बाअर्बाइन’ पनि भनिन्छ । यसैगरी दोस्रो दिनको ‘खरना’ विधि आइतबार सम्पन्न भएको छ । 

‘खरना’ विधिका दिन बिहानै नुहाएर दिनभरि उपवास बसेर साँझ चन्द्र दर्शन गर्दै घरका कूलदेवता र छठी मातालाई सख्खरमा पकाइएको चामलको खिर चढाइन्छ । त्यही खिर खाएपछि वर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ । यो ‘खरना’ को प्रसाद नयाँ माटोको चुल्होमा पकाउने मैथिल चलन छ ।  

‘खरना’ सकेर व्रत आरम्भ भएपछि पर्सिपल्ट बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछिमात्र व्रत पूर्ण हुन्छ । यसपालि भोलि मङ्गलबार बिहान ६ बजेर १२ मिनेटमा सूर्योदय हुने बेला छ । त्यसपछिमात्र ‘भोरका अरख’ सम्पन्न भई पर्व समापन हुने बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताउनुहुन्छ ।  

पर्व सम्पन्न गरिएसँगै सूर्यदेव र छठीमातालाई अर्पण गरिएका प्रसाद सामग्री ठकुवा, भुसुवा, केरासहितका डाला घर ल्याएर इष्टजन र परिवारजनले खाने गर्छन् । केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै बनिसकेको छ । पहाड, मधेश र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिलले छठपर्व साझा बनेको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै