मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

स्वतन्त्र विद्यार्थी युनियन भैरहवा बहुमुखी क्याम्पसद्वारा स्वागत, विदाई एवं पुरस्कार वितरण

Ujyalosandeshonline 12441+ समाचार ( )
१२ फाल्गुन २०८०, शनिबार

भैरहवा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस सिद्धार्थनगर–१२, रुपन्देहीले स्वागत, विदाई एवं पुरस्कार वितरण कार्यक्रम गरेको छ । स्ववियुले शुक्रबार क्याम्पस प्रांगणमा कार्यक्रम गरी नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत, स्नातक तहको अध्ययन पूरा गरेको विद्यार्थीहरुलाई विदाई तथा माघ २८ देखि फागुन १० गतेसम्म भएको खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको स्ववियु अध्यक्ष सागर न्यौपानेले बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी प्रसाद चौधरीले स्ववियुले आयोजना गरेको कार्यक्रम उत्कृष्ट र महत्वपूर्ण रहेको बताए । उनले भने, ‘विद्यार्थीहरुको भूमिका बाहिरबाट हेर्दा सामान्य रुपमा पढ्न जान्छन् भन्ने छ । तर, विद्यार्थीहरुको भूमिका बढी छ । ’

नेकपा (एमाले) संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक समेत रहेका नेता चौधरीले नेपालको भाग्य र भविष्य विद्यार्थीहरुमा निर्भर हुने बताए । 

त्यस्तै भैरहवा बहुमुखी क्याम्पसका पूर्व स्ववियु सचिव एवं नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापा, पूर्व स्ववियु उपाध्यक्ष एवं सिद्धार्थनगर–९ का पूर्व वडा सदस्य उमेश थापा लाटोमगर, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लुम्बिनी प्रदेश उपाध्यक्ष एवं सिद्धार्थनगर–१२ का पूर्व वडा सदस्य सरोज ठकुरी लगायतले भनाइ राखेका थिए ।

स्ववियु भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष सागर न्यौपानेको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी प्रसाद चौधरीको प्रमुख आतिथ्यता, स्ववियु उपाध्यक्ष सुनिल खनालको स्वागत तथा सदस्य आशिष पन्त र मोहित चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार